नेपालगञ्ज २ पुस – प्रतिवादीको तर्फबाट बहस गरेको भन्दै नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ माथि एउटा समूहले आक्रमणको प्रयास भएको छ । श्रेष्ठको नेपालगञ्जस्थित ल फर्ममा पुगेर उक्त समूहले दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गरेको हो ।
सहकारी वित्तीय संस्थासंग जोडिएको मुद्दाका प्रतिवादीका तर्फबाट किन बहस गरेको भन्दै श्रेष्ठ माथि उक्त समूहले आक्रमण प्रयास गरेको हो । उक्त समूहले श्रेष्ठलाई आईन्दा बहस नगर्नु भन्दै धम्काएको छ ।
श्रेष्ठ नेपाल बारका उपाध्यक्ष हुन भने नेपालगञ्जका प्रतिष्ठित कानुन व्यवसायी मानिन्छन् । उनी लामो समय देखि कानुन व्यवसायका क्षेत्रमा सक्रिय छन् ।
प्रतिवादीका तर्फबाट मुद्दामा बहस गर्न पाउने समान्य नियम बिरुद्ध गएर उक्त समुहले श्रेष्ठ माथि आक्रमण गरेको हो ।
लामो समय न्यायिक क्षेत्रमा काम गरेका श्रेष्ठले आफु माथि भएको घटनाले स्तब्ध बनाएको बताए । उनले भने,–‘यो घटनाले मलाई निकै दुःखी बनाएको छ ।’
नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्थाबाट सन्चालक र कर्मचारीले करोडौ रुपैया हिनामिना गरेको मुद्दा अहिले अदालतमा बिचाराधिन छ ।
उक्त सहकारीमा भएको रकम अपचलनका कारण बचतकर्ता सडकमा आन्दोलन गरिरहेका छन् ।
सहकारीको मुद्दा अदालतमा बिचाराधिन भएको अवस्थामा पक्ष र बिपक्षमा कानुन व्यवसायीले बहस पैरबी गर्नु स्वभाविक भएको भनेर सहकारीका पीडितलाई उनका नेतृत्वकर्ताले बुझाउन सकेनन् ।