सानिमा बैंकले घर निर्माण खर्चको १०० प्रतिशतसम्म कर्जा दिने


सानिमा बैंकले सानिमा प्रथम घर कर्जाको विशेष सुविधा ल्याएको छ। यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशत सम्म बैंकले कर्जा दिनेछ।

कम्पनीका अनुसार योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्नेछ।

ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर यथावत राखिनेछ। यो कर्जा देशभरका बैंकका शाखाबाट पाइने बैंकले जनाएको छ।

प्रकाशित मितिः     ३ पुष २०७६, बिहीबार ०८:०८  |