सिभिल बैंकको वार्षिकत्सवमा कोहलपुर शाखामा रक्तदान


कोहलपुर – नवौं वार्षिकत्सवको अवसरमा सिभिल बैंक कोहलपुर शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

शाखा प्रबन्धक बसन्त रेग्मीले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरे ।

रगत अभाव भइरहेका बेला त्यसको आवश्यकता महसुस गरेर उक्त बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बिहानबाट शुरु भएको कार्यक्रमका बैंकका कर्मचारी, सेवाग्राही लगायतले रगतदान गरिरहेका छन् ।

रक्तदान कार्यक्रम दिउँसो तीन बजेसम्म संचालन हुने छ ।

बैंकका शाखा प्रबन्धक रेग्मीले सामाजिक उत्तरदायित्व बहन गर्दै वार्षिकउत्सव कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

यसअघि उक्त बैंकले कोहलपुरमा ग्रिनबेल्ट निर्माणकाका लागि सहयोग गरेको थियो ।

प्रकाशित मितिः     ३ पुष २०७६, बिहीबार ११:२१  |