नेपालगञ्ज ३ पुस – पश्चिमकै ठुलो निजी स्वास्थ्य संस्था नेपालगञ्ज शिक्षण अस्पताल औषधि विक्रीमा सिन्डिकेट लगाएको औषधि व्यवसायी संघ, बाँकेकोको आरोप छ ।
हालै मात्र उक्त अस्पतालले आफै औषधी विक्री शुरु गरेको थियो ।
अस्पताल आफैले औषधि विक्री गर्न शुरु गरेपछि वरपरका साना/ठुला फार्मेसी चल्न छाडे ।
शिक्षण अस्पतालमा आउने बिरामीलाई लक्षित गरी सानो लगानीमा खुलेका फार्मेसी चल्नै छाडेर बन्द हुने अवस्थामा पुगेका छन् ।
मुनाफाको त कुरै छाडौ सटरको भाडा तिर्न समेत मुस्किल परेको फार्मेसी सन्चाल बताउँछन् । शिक्षण अस्पताल अगाडी सुर्खेतरोडमा महङ्गो सटर भाडामा लिएर फार्मेसी सन्चालनमा छन् ।
औषधी व्यवसायी संघ बाँकेका अध्यक्ष बसन्त शर्माले अस्पतालको सिन्डीकेटले फार्मेसी मात्र होइन स्वयं विरामी समेत मर्कामा परेको बताउँछन् ।
‘अस्पताललाई सुद्धिड गर्ने नाममा बिरामीको आफुनुकुल औषधि किन्ने पाउने अधिकार हनन् गरिएको छ ।’ अध्यक्ष शर्माले प्रेस बिज्ञप्ती जारी भने–‘नियम विपरित अस्पतालले शुरु गरेको कार्य आपत्तीजनक छ ।’
बिज्ञप्तीमा अस्पतालको निर्णय पुर्नविचार नगरे चरणबद्धरुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।