जुमा स्पोट्स क्लवद्धारा सागका पदक बिजेता खेलाडीलाई सम्मान


नेपालगन्ज ः आज जुमा स्पोर्ट्स क्लब नेपालगन्ज बाँकेले नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि १३ औं साग प्रतियोगितामा बाँके जिल्लाबाट नेपालको प्रतिनिधित्व गर्दै पदक बिजेता भएका खेलाडीलाई सम्मान गरेको छ ।

भारोत्तोलनमा स्वर्ण पदक बिजेता सन्जु कुमारी चौधरी , कास्यपदक बिजेता प्रकाश केसी, जुडोमा कास्यपदक बिजेता सोनिया भट्ट, दिपा गुरुङ, महिला फुटबलमा रजत पदक बिजेता निरु थापा र भारोत्तोलन प्रशिक्षक सकिल अहमद हलवाईलाई सम्मान गरेको छ ।

क्लबका अध्यक्ष भिम बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगायत खेलकुद क्षेत्रका , ब्यवसयिक क्षेत्रका बिशिस्ट ब्यक्तित्वहरु क्लबका पदाधिकारीहरु,सल्लाहकारको सहभागिता थियो ।

साथै आजको सम्मान कार्यक्रममा छुटेका पदक बिजेता अन्य खेलाडीहरुलाई क्लबको आगामी कार्यक्रममा सम्मान गरिने कुराको जानकारी पनि गराइएको थियो ।

साथै खेलकुद क्षेत्रमा बाँके जिल्लाबाट बिशिस्ट योगदान पुर्याउने खेलाडी तथा अन्य ब्याक्तित्वहरुलाई अझ उच्च मनोबलका साथ यस क्षेत्रमा प्रेरणादायी भुमिका निर्वाह गर्नेहरुलाई आगामी २०२० बाट प्रत्येक बर्ष नगद पुरस्कार र सम्मान बाट उल्लेख्य काम गर्ने एक वा दुईजनालाई पुरस्कृत गर्ने जुमा स्पोर्टस अवार्ड स्थापनाको लागि क्लबले रु दुई लाखको अक्षयकोष स्थापना गर्ने घोषणा क्लबका अध्यक्षले घोषणा गरे ।

प्रकाशित मितिः     ३ पुष २०७६, बिहीबार १६:४२  |