सूचना प्रविधिमा उद्योग वाणिज्य महासंघ र क्यान महासंघले सहकार्य गर्ने


नेपालगन्ज ३ पुस – कम्प्युटर एसोसिएशन नेपाल महासंघ  (क्यान महासंघ) र नेपाल उद्योग बाणिज्य महासंघ बिच बिहिवार उद्द्योग बाणिज्य महासंघको सभा हलमा भेटघाट भएको छ । भेटमा उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा र क्यान महासंघको अध्यक्ष नवराज कुंवर लगायतको सहभागिता रहेको थियो ।

भेटमा क्यान महासंघको अध्यक्षले आगामी दिनमा क्यान महासंघ र उद्द्योग बाणिज्य महासंघ मिलेर सूचना प्रविधि संग सम्बन्धित बिभिन्न बिषयहरुमा अनुसन्धान गर्ने बताए । नेपाली सफ्टवेयर र हार्डवेयरका ब्याबसायीहरुलाइ भएको न्यायोचित समस्याको बारेमा सम्बन्धित निकायहरुमा समेत दुई संस्था गइ मिलेर समाधान गर्नु पर्नेमा जोड दिए ।

भेटमा उद्द्योग बाणिज्य महासंघको अध्यक्षले सूचना प्रविधि क्षेत्र निकै महत्वपूर्ण क्षेत्र रहेको र हाल सूचना प्रविधि बिना कुनै उद्द्योग सम्भव नभएको बताइन ।

प्रकाशित मितिः     5:59:15 PM  |