महोत्सव स्थल अवलोकन


नेपालगञ्ज ३ पुस – नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा मेहनत सृजना उत्पादन र बस्तु – मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” सफल तिव्र तयारी भइरहेको छ ।

सोही क्रममा आज शनिवार घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरी, बरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, उपाध्यक्ष पुर्णबहादुर भण्डारी, प्रदेश महिला उद्यम समिति अध्यक्ष शान्ता शर्मा जिल्ला अध्यक्ष समर बहादुर खत्री, पूर्व अध्यक्ष जिवनाथ सापकोटा, ओमप्रताप राणा, शेषकान्त शर्मा, सल्लाहकार रामशरण बिसी मूल आयोजक समिति संयोजक रचना श्रेष्ठ, उपसंयोजक मिना सुवेदी ढकाल लगायतको सहभागिता रहेको थियो ।

महासंघका नगर महासचिव सतिश अधिकारीका अनुसार, भ्रमण वर्ष २०२०को प्रबद्र्धनमा समेत मद्दत पुराउदै महोत्सवमा ३ सयदेखि ३५० स्टल रहने छन । यी स्टलहरु मध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रबद्र्धनको लागि छुट्याईएको छ । महिला समिति अध्यक्ष मिना सुवेदी ढकालका अनुसार, महोत्सवमा उद्योग व्यावसायको प्रवद्र्धनको लागि विभिन्न स्टलहरु, सेल्फी प्वाईन्ट, सास्कृतिक कार्यक्रम, फेसन सो, विद्यालय स्तरिय आईडललगायतका कार्यक्रम आयोजना गर्छौ ।

महोत्सव सम्पन्न गर्नको लागि ८० लाख खर्च हुने र करिव १ करोड आम्दानी गर्ने लक्ष रहेको छ । टिकट विक्रि, स्टल, प्रायोजक, सहप्रायोजकबाट प्राप्त हुने सहयोग नै महोत्सवको आम्दानी हो । महोत्सवमा प्रवेशको लागि ६० र विद्यार्थी सहुलियत दर ४० रुपैया तोकिएको छ । सञ्चाकर्मी, जेष्ठनागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई उनीहरुको परिचयपत्रले नै प्रवेशको व्यवस्ता मिलाईने छ

प्रकाशित मितिः     ५ पुष २०७६, शनिबार १९:४५  |