अतिरिक्त गतिविधिमा सक्रिय हुन जिभिएनका विद्यार्थीले बनाए सप्तरङ्गी क्लव (तस्विर सहित)


नेपालगञ्ज ६ पुस – नियमित पढाइ त छदै छ । त्यसवाहेक पनि विद्यार्थीलाई अतिरिक्त गतिविधिमा सक्रिय बनाउनुपर्ने भद्रगोलका बरिष्ठ हाँस्यकलाकार शंकर आचार्य बताउँछन् । नेपालगञ्ज–११ बिपीचोकमा रहेको जिभिएन कलेजको सातवटा बिभिन्न क्लवको उद्घाटनको आईतवार उद्घाटन गर्दै आचार्यले यस्तो बताएका हुन । उनले जिभिएन कलेजले आफ्ना विद्यार्थीलाई अतिरिक्त गतिविधिमा सक्रिय बनाउन खेलेको भूमिकाको प्रशंसा गरे ।

‘विद्यार्थी कितावको किरा भएर मात्र काम छैन । समाजका लागि आवश्यक पर्दा काम लाग्ने जनशक्ति पनि चाहिन्छ’– आचार्यले भने । जिभिएन कलेजले आफ्ना विद्यार्थीलाई अतिरिक्त गतिविधिमा सक्रिय बनाउन समाजिक, इको, व्यवस्थापन, नृत्य, सांगीतिक, खेल, काउन्सिल, फोटोग्राफी, आर्ट जस्ता विषय समेटिएका सातवटा क्लव गठन गराएको छ । अब जिभिएनका विद्यार्थीहरु बिभिन्न थरीका क्लव मार्फत सामाजिक गतिविधि गर्ने छन् ।

क्लव उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कलेजका सन्चालक इश्र्वर पौडेलले विद्यार्थीलाई नियमित पढाइमा मात्र आफुहरुले सिमित गर्न नचाहेको बताए । उनले भने,–‘देशका लागि आवश्यक पर्दा जस्तोसुकै अवस्थामा पनि काम लाग्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेर क्लव गठन गरेका छौं । सबै विद्यार्थीलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्छु ।’ कलेजका सिइओ गणेश भण्डारीले आगामी दिनमा क्लवले सक्रियतापूर्वक आफ्ना गतिविधि गर्ने बताइ । कलेजका संयोजक लोकराज देवकोटाले कार्यक्रमका अतिथीलाई स्वागत तथा सम्मान गरेका थिए ।

प्रकाशित मितिः     9:51:50 PM  |