सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय, मन्त्रीहरु राजीनामा दिँदै


काठमाडौं। समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्री एवं कानून मन्त्री छन् । त्यसैगरी सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन् ।

समाजवादी पार्टीका एक शीर्ष नेताले सरकार छाड्ने निर्णय केही बेरमा सार्वजनिक गरिने देखापढीलाई बताए ।

गत महिना भएको मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

त्यसबाट असन्तुष्ट बनेका यादवले कानून मन्त्रीको जिम्मेवारी भने स्वीकार गरेका थिए ।

७ पुस साँझ बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्न खोज्दा प्रधानमन्त्री ओलीले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेका थिए ।  देखापढी अनलाइनबाट

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १३:२७  |