चिनको तरकारीबारी हेरेर फर्किएका अगुवा कृषक भन्छन्,–‘प्रविधिमा धेरै सिक्न बाँकी रहेछ’


गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिका साथ कृषक धिताल (बिचमा)

नेपालगञ्ज ८ पुस – बाँके खजुरा–३ सितापुरका गेहेन्द्र धिताल नाम चलेका कृषक हुन । व्यवसायिक कृषिमा सफल कृषको सूचिमा उनको नाम पनि आउँछन् । हालै मात्र यिनै कृषक धिताल चाइना गएर फर्किए । हरित खजुरा प्रोजेक्ट अन्र्तगत खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिको टोली चाइन गएको थियो । कक्षपति चाइनाको कार्यक्रममै रहे पनि धिताल फर्किए ।

चिनको युसी भन्ने शहरमा रहेको तरकारी बारीमै धिताल लगायतको टोलीलाई अवलोकन गराइएको थियो । खजुरा क्षेत्रमा चर्चित कृषक धिताललाई चाइनाको खेती किसानी कस्तो लाग्यो ? अर्थपेजसंगको कुराकानीमा उनी भन्छन्,–‘उनीहरु प्रविधिमा निक्कै माथि रहेछन् । हाम्रो माथि कयौं गुणा माथि । खेतिकिसानी निकै राम्रो व्यवस्थापनका साथ हुने रहेछ ।’ धितालले नेपालमा त्यस्तै गर्न सके उत्पादन धेरै गुणा बढ्ने बताए ।

खजुरामा प्रविधियुक्त खेतिकिसानी सहित हरियाली शहर बनाउने अभियान अन्र्तगत गाउँपालिकाका प्रमुख चिनमा गएका छन् ।
कक्षपतिले ‘हरित खजुरा प्रोजेक्ट’ का लागि उज्वेकिस्तानमा सम्झौता गरिसकेका छन् ।

उनले कृषिमा दीगो विकास गरि हरित शहरको सपना पुरा गर्ने अवसर प्राप्त भएको बताए ।
गाउँ र शहरी विकासको बीचमा राम्रा अभ्यासहरुको पारस्परिक शिक्षा र सिकाई आदानको सुविधा खजुरा गाउँपालिका र चीन क्षेत्रका शहरहरुसँग हुने छ भनिएको छ ।

सन २०२० देखि यो परियोजनाको सुरुवात हुने अध्यक्ष कक्षपतिले जानकारी दिए । उनले भने यसले कृषिमा आमुल परिवर्तन ल्याउनेछ, सिचाई, प्रविधि, उन्नत बीउविजन, प्रविधिको प्रयोगले कृषि प्रणालीमा सुधार ल्याई समुन्नत र समृद्ध खजुरा हुनेछ ।

गाउँपालिका अध्यक्ष कक्षपतिले हरित खजुरा प्रोजेक्ट ‘सुनौलो अवसर’ हो यसले खजुराका लागि मात्र होइन देशका लागि पनि उदाहरण दिने अवसर प्राप्त भएको छ । कृषिक्षेत्रका माध्यमबाट सम्बृद्धी भएको देख्न अबका केही वर्षमा देश बिदेशका मानिसहरु खजुरामा आउनेछन् । प्रोजेक्टको सफलतासगैं यसले छिमेकी पालिका सहित बर्दिया, सुर्खेत र दाङ हुदै सिंगो राष्ट्रलाई समेट्नेछ ।

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १२:५९  |