नेपालगन्ज – प्रहरीले भन्सार छलेर भारततर्फ लैजान लागेको अवस्थामा १ हजार थान काठका ठेकी बरामद गरेको छ ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजान लागेको अवस्थामा सो परिमाणको करीब रू।१ लाख २५ हजार मूल्य बराबरको काठको ठेकी बरामद गरेको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ ।
साथै प्रहरीले सो कार्यमा संलग्न भएको आरोपमा भारत बहराईच बस्ने ३३ वर्षीय जाबेद अलीसहित सात जनालाई सोमवार साँझ पक्राउ गरेको छ ।
से १ ख ११५१ नम्बरको ट्रकबाट अनलोड गरी काठको ठेकी राखेको खवरपछि ईलाका प्रहरी कार्यालय मैनापोखरले सात ओटा साइकल र ट्रकसहित उनीहरुलाई पक्राउ गरेको हो