नेपालगञ्ज महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य–प्रायोजन गर्ने


नेपालगन्ज ९ पुस – राष्ट्रिय वाणिज्य बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवलाई मुख्य प्रायोजन गरेको छ ।
बैंकको प्रदेश ५ का प्रमुख आनन्द सुवेदी र आयोजक समितिबीच यस सम्बन्धमा सम्झौता भएको छ । घरेलु तथा साना उद्योग प्रोत्साहनका लागि बैंकले सहकार्य गरेको सुवेदीले बताए ।
त्यस्तै प्रभु बैंक सहमुख्य प्रायोजक प्रभु बैंक रहेको छ । मुल आयोजक समिति संयोजक रचना श्रेष्ठका अनुसार, सहप्रयोजक चौधरी ग्रुप, बिमल मेटल इण्डष्ट्रिज र टिकट प्रयोजकका रुपमा शिखर प्लाई रहेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु – मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गर्न लागेको हो ।
मुल आयोजक समिति सचिवालय संयोजक सतिश अधिकारीका अनुसारका अनुसार, भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको यस महोत्सवले यस क्षेत्रको पर्यटनलाई समेत विकास गर्ने उद्देश्य राखि भ्रमण वर्ष २०२०को प्रबद्र्धनमा समेत मद्दत पुराउदै महोत्सवमा ३ सयदेखि ३५० स्टल रहने छन । यी स्टलहरु मध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रबद्र्धनको लागि छुट्याईएको छ ।

प्रकाशित मितिः     ९ पुष २०७६, बुधबार १३:१०  |