बाँके र बर्दियालाई कर्णालीमा समायोजन गराउने अभियानका लागी समिति बन्यो


नेपालगन्ज ९ पुस -बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन हुने भएको छ ।

यस्को लागी नेपालगन्जका प्रमुख धवल सम्सेर राणा सहित नेकपा,नेपाली कांग्रेस, राप्रपा लगायत दल र अरु सरोकारवालाको छलफल भएको छ ।

छलफलबाट १७ सदस्यीय समिती गठनपछि भएको नेकपाका नेता रत्न खत्रीले बताए ।

बैठकले कर्णालीमा समायोजनको लागि बाके र बर्दियाका सांसद,दल र सरोकारवाला देखी जनतासङ छलफल चलाउने सहमति भएकोे छ । आन्दोलन गर्ने सम्मको योजना छ ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवल भएपछि बाँकेमा कर्णाली प्रदेशमा गाभिनुपर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ । संविधान निर्माणका समयमा समेत सुर्खेतसँग मिसिनुपर्ने आवाज उठेपनि मधेस आन्दोलनका कारण चर्किन सकेको थिएन । पछिल्लो समय नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाले सार्वजक कार्यक्रममा नेपालगञ्जको विकासका लागि कर्णाली प्रदेशमा गाभिनुको विकल्प नभएको बताउँदै आएका छन्  । नेपालगञ्जका उद्योगी ब्यवसायीहरु पनि आर्थिक हिसावले पनि नेपालगञ्ज कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा रहेका छन् ।

समितिले आन्दोलनको वातावारण तयार पार्नका लागि बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद लगायतसँग छलफल गर्ने, बर्दियासँग समन्वय गरि अघि बढ्ने सहमति गरेको छ । समितिमा राजनीति दलको समेत प्रतिनिधित्व रहेका कारण यसपटक आन्दोलन उठ्ने राप्रपाका नेता ऋषिराज देवकोटाले बताए

प्रकाशित मितिः     ९ पुष २०७६, बुधबार १६:०८  |