नरैनापुर ( बाँके) ९ पुस – बाँके नरैनापुर गाउँपालिका–२ मा रहेको लक्ष्मपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई कतार च्यारटीको सहयोगमा युनेस्को क्लवले रु १४ लाख ६३ हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
क्लवका तर्फबाट प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकी, अध्यक्ष राजेन्द्र चौधरी लगायतले गाउँपालिकाका अध्यक्ष अहमद ईस्तियाक शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण गरिएको सामाग्रीमा अल्ट्रासउण्ड मेशिन, आठवटा फोल्डिङ्ग गर्ने शैया, डेलिभरी शैया, ह्विल चेयर रहेका छन् । बिकट क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा पाउन सहज होस् भन्न उदेश्यले सामाग्री हस्तान्तरण गरेको क्लवका अध्यक्ष चौधरीले बताए ।
गाउँपालिका अध्यक्ष मोहमद ईस्तियाक शाहले सामाग्री प्रदान गर्ने संस्थालाई धन्यवाद दिदै आफुहरु पनि गाउँपालिकाको प्रभावकारी स्वास्थ्य सेवा दिन लागिपरेको बताए । सामाग्री बुझ्दै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख नविन बुढा क्षेत्रीले प्राप्त सामाग्रीलाई जतनपूर्वक प्रयोग गरिने बताए । उनले ती सामाग्री प्राप्त भएसंगै अस्पतालको सेवा प्रभावकारी हुने बिश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष अजय श्रीवास्तवले जिल्लाकै पछाडी परेको गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेश र केन्द्र सरकारले चासो दिनुपर्ने बताए । लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा अत्याधुनिक भवन बने पनि सेवा सुचारु हुन सकेको छैन ।