मेशिनबाट मःम उत्पादन गर्ने उद्योग सञ्चालन


तस्विर – मिशन टुडे

नेपालगन्ज ११ पुस – बाँकेको कोहलपुर दशविगाहमा मःम उद्योग सञ्चालनमा आएको छ । प्रति घण्टा ३५ सय पिस मःम उत्पादन गर्ने क्षमताको उक्त उद्योग बिहिबारदेखि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।
वाउ मःम उद्योगका सञ्चालक संगिता शाहीले प्रति घण्टामा ३५ सय पिस उत्पादन गर्ने बताइन ।

कोहलपुरमा पहिलो पटक मःम उद्योग सञ्चालन आएको बताउँदै उनले बाँके, बर्दिया, धनगढी, दाङ लगायत सुर्खेतसम्म पु¥याउने लक्ष्य राखेको जानकारी दिइन । चिकेन, मटन, भेज गरी तिन प्रकारका मःमहरु अहिले तयार गरिने उनको भनाई थियो ।

सञ्चालक शाहीका अनुसार आठ लाखको लगानीमा पहिलो पटक मःम उद्योग सञ्चालन गरिएको हो । प्लेटको ५० रुपैयाँ कायम गरिएको छ भने् बाँके लगायत अन्य जिल्ला समेत डेलिभरीको व्यवस्था रहेको छ ।

प्रकाशित मितिः     ११ पुष २०७६, शुक्रबार ०७:२५  |