इलेक्ट्रिक एसयूभी टाटा नेक्सन स् यस्ता छन् ५ विशेषता


टाटा मोटर्सले हालै इलेक्ट्रिक नेक्सन सार्वजनिक गरेको छ । सो कार जनवरीमा लन्च हुनेछ । टाटा नेक्सन ईभी कम्पनीको पहिलो कार हो । जसमा नयाँ जिप्ट्रोन इलेक्ट्रिक पावरट्रेन टेक्नोलोजीको प्रयोग गरिएको छ । सो कार स्ट्यान्डर्ड नेक्सनमा आधारित रहेको छ ।

नेक्सन ईभीमा ३०।२ किलोवाटको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसमा रहेको इलेक्ट्रिक मोटरले १२९ पीएसको पावर र २४५ एनएमको पीक टर्क जेनेरेट गर्छ । नेक्सन ईभीको ब्याट्री प्याक फ्लोरमा तल जडान गरिएको छ ।

कम्पनीका अनुसार नेक्सान ईभीको ब्याट्रीमार्फत एक पटकको फुल चार्जमा ३०० किलोमिटरको दुरी तय गर्न सकिन्छ । कम्पनीले यसमा फास्ट चार्जिङको विकल्प पनि दिएको छ । फास्ट चार्जरले यसको ब्याट्रीलाई ६० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । स्ट्यान्डर्ड एसी चार्जरले यसको ब्याट्री फुल चार्ज गर्नको लागि ८ घन्टाको समय लाग्छ ।

इलेक्ट्रिक नेक्सन कारको लम्बाई ३९९४ एमएम, चौडाई १८११ एमएम, ऊचाई १६०७ एमएम र ह्विलवेस २४९८ एमएम रहेको छ । सो कारको ग्राउन्ड क्लियरेन्स स्ट्यान्डर्ड नेक्सनको भन्दा ४ एमएम कम रहेको छ । इलेक्ट्रिक नेक्सनको ग्राउण्ड क्लियरेन्स २०५ एमएम रहेको छ ।

नेक्सन इलेक्ट्रिक स्ट्यान्डर्ड नेक्सन फेसलिफ्ट मोडलमा आधारित रहेको छ । हाल उपलब्ध मोडलमा नेक्सन ईभीको लुकमा जे परिवर्तन गरिएको छ यसमा नयाँ स्लिक हेडल्याम्प, नयाँ बम्पर र रिभाइज्ड ग्रिल समावेश गरिएको छ । साथै यसमा नयाँ स्टाइलको मेशीन कट अलोय ह्विल र रिडिजाइन्ड फ्लोरिङ रुपले यसले नयाँ लुक दिएको छ । इलेक्ट्रिक एसयूभीको पछाडि टेलल्याम्पको लागि नयाँ ग्राफिक्स पनि समावेश गरिएको छ ।

सो कारमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, फ्ल्याट बटम स्टेयरिङ, गियरबक्सको लागि रोटरी नब, लेटेस्ट कनेक्टिभिटी फिचरको साथमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र क्लाइमेट कन्ट्रोल जस्ता फिचर रहेको छ । सेफ्टीको लागि सो इलेक्ट्रिक एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग्स, ईबीडीको साथमा एबीएस, रिभर्स पार्किङ सेन्सर र क्यामेरा, स्पिड अलर्ट सिस्टम र सिट बेल्ट रिमाइन्डर फिचर रहेको छ ।

प्रकाशित मितिः     ११ पुष २०७६, शुक्रबार ११:१३  |