खजुरामा घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय बैठक बस्दै, अढाई सय उद्यमी नेताको जमघट


नेपालगञ्ज १२ पुस – नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय समिति बैठक आज शनिवार बाँकेको खजुरामा बस्दै छ । बैठकका लागि केन्द्रीय अध्यक्ष श्याम प्रसाद गिरी लगायतका केन्द्रीय पदाधिकारी, केन्द्रीय समितिका सदस्य नेपालगञ्ज आइसकेका छन् ।

खजुराको ज्ञानोदय उच्च माध्यामिक बिद्यालयमा बैठक बस्ने केन्द्रीय अध्यक्ष गिरीले बताए । घरेलु तथा साना उद्योग महासंघसंगै महिला उद्यमी समितिको बैठक पनि हुने छ । चैत महिनामा हुने महाधिवेशन तयारी, उद्योगी व्यवसायीका मुद्दामा समेत बैठकमा छलफल हुने अध्यक्ष गिरीले बताए ।

बैठकमा अढाई सय घरेलु तथा साना उद्योग महासंघका नेताहरु सहभागि हुँदै छन् । उनीहरु शुक्रवारबाट नेपालगञ्जमा शुरु भएको नेपालगञ्ज महोत्सवमा पनि सहभागि भए । देशकोे आर्थिक विकासमा लद्यु तथा घरेलु उद्योगको महत्वपूर्ण भूमिका छ ।

स्थानीय स्रोत, सीप र कच्चा पदार्थ प्रयोग गरी सन्चालन भएका उद्योगले बजारीकरणको समस्या झेल्दै छन् । आफुहरुले संधै यस्ता मुद्दाको उठान गरिरहेको महासघका केन्द्रीय उपाध्यक्ष पूर्ण बहादुर भण्डारीले बताएका छन् ।

प्रकाशित मितिः     १२ पुष २०७६, शनिबार ०८:४७  |