नेपालगञ्जमा महानगर र उपमहानगरका मेयरको जमघट, उत्कृष्ट पूर्वाधार अवलोकन गर्दै


नेपालगञ्ज १२ पुस – देशका महानगरपालिका र उपमहानगरपालिकाका मेयर नेपालगञ्जमा आएका छन् । होटल सोल्टीमा शनिवार आयोजित कार्यक्रममा बिराटनगर, भरतपुर, बिरगन्ज, धनगढी, घोराही, हेटौडा, जनकपुर, ललितपुर, नेपालगन्ज र पोखरा महानगर तथा उपमहानगरपालिकाका मेयरको सहभागि छ । यद्यपी सबै महानगर र उपमहानगरका मेयरको सहभागिता छैन । प्रतिनिधि आएका छन् ।

‘मेयर्स नेटवर्क’ मार्फत महानगर र उपमहानगरको विकास, कानून, आर्थिक प्रशासन र जवाफदेहीका बिषयमा छलफल गर्न जनप्रतिनिधिको जमघट भएको हो । आज आर्थिक पारदर्शीता तथा जवाफदेहीका बिषयमा छलफल भएको छ ।

नेपालगञ्जका मेयर डा. धवल शम्सेर राणाले पाहुना मेयर तथा सहभागितालाई स्वागत गरे । पाहुना मेयर तथा प्रतिनिधिले नेपालगञ्जको विकास मोडल सिक्न यहाँ निर्माण भएका उत्कृट पूर्वाधारको अवलोकन गरेका छन् । देशकै उदाहरणिय मानिएको ल्याण्डफिल साईट, रानी तलाउ अवलोकन गरेका छन् भने बसपार्क लगायतका पूर्वाधार निर्माणको काम समेत पाहुनालाई अवलोकन गराउने कार्यक्रम छ ।

नेपालगञ्जका मेयर राणाले देशका प्रमुख शहरका जनप्रतिनिधिको आगमनले खुःसी बनाएको बताए । उनले जनप्रतिनिधिबीचको बसाईले एकअर्काको क्षेत्रमा भएका विकास निर्माणका बारेमा सिक्ने अवसर प्रदान गरेको उल्लेख गरे ।

प्रकाशित मितिः     १२ पुष २०७६, शनिबार १३:५९  |