महोत्सवको आर्कष स्टल नम्बर १०२


नेपालगन्ज १२ पुस – नेपालगञ्जको फ्लोरल डिलाईट( फ्लोरी कल्चर)ले नेपालगञ्जमा लागेको महोत्सवमा आर्कष थपेको छ । बिभिन्न फुल सजाएर राखिएको उक्त स्टल अरु भन्दा भिन्न छ ।

किन्नेको उत्तिकै भिड लागेको छ भने धेरै मानिसहरुले जिज्ञासा राख्ने गरेका छन् । खजुरा गाउँपालिका –१ की २८ वर्षिया निनु पाण्डेले नेपालगन्जमा फ्लोरी कल्चर पसल ‘फ्लोरल डिलाईट’ सन्चालनमा ल्याएकी हुन । जेठ महिनादेखि उनले सुरु गरेको पुष्प व्यवसाय (फ्लोेरी कल्चर) नेपालगन्जका लागि नयाँ हो । छ महिना तालिम लिए पश्चात पाण्डेले घरवारीटोलदेखि न्यूरोड जाने सडकमा सटर भाडामा लिएर व्यवसाय शुरु गरेकी छन् ।

‘गिफ्ट पसल र नर्सरीबाट पनि फुल र फुल सजावटको काम फाटफुट नभएको होइन । तर हातले आफै बनाएर काम गर्ने भनेको यहाँको लागि नयाँ हो ।’ पाण्डेले भनिन–‘राम्रो रेस्पोन्स पाएका छौं ।’

पाण्डेको पसलमा आर्कषक फुलहरु पाईन्छ । बुकी बनाएर राखेका फुलहरु उपहार दिन मिल्छ । बिवाहको लागि बरमाला हातले बुनेर बनाईन्छ । जुन किन्न अहिले धेरै आउन थालेका छन् । कार सजावटको काम समेत गरिन्छ ।

सभा, समारोहको सजावटको काममा सक्रिय छन्, उनी । उपहार दिन वा सजावटको काम गर्नका लागि फुलहरु ल्याउन लखनउ र काठमाण्डौ जान नपर्ने पाण्डेले बताईन ।
अहिले मेलामा उनैले डिजाइन गरेको सेल्फी प्वाईण्ट राखिएको छ ।

प्रकाशित मितिः     १२ पुष २०७६, शनिबार १७:२३  |