रुकुमको उद्योग तथा वाणिज्य क्षेत्रमा साढे १३ अर्ब लगानी


  • प्रविर ददेल

रूकुम । रूकुमपश्चिमको उद्योग तथा वाणिज्य क्षेत्रमा साढे १३ अर्ब लगानी भएको छ । घरेलु तथा साना उद्योग विकास समिति रूकुमपश्चिममा दर्ता भएका २ हजार ४४३ वाणिज्य र १ हजार ३५३ घरेलु तथा साना उद्योगमा १३ अर्ब २३ करोड ५१ करोड ५१ हजार ५०१ रुपैयाँ लगानी भएको हो ।

घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत रुलबहादुर आलेका अनुसार रूकुमपश्चिममा दर्ता भएका घरेलु उद्योगमा रू। २२ अर्ब ५ लाख २६ हजार ५०१ लगानी गरिएको छ, जसको वार्षिक कुल उत्पादन क्षमता १ अर्ब १२ करोड ४७ लाख २४ हजार ३५० रुपैयाँ रहेको छ । रूकुममा दर्ता भई सञ्चालन भएका उद्योगबाट ४ हजार ९८ जनाले प्रत्यक्ष रोजगारी पाएको उद्योग अधिकृत आलेले जानकारी दिए ।

जिल्लामा दर्ता भएका २ हजार ४४३ वाणिज्य फर्ममा कुल पूँजी ११ अर्ब ३ करोड ४६ लाख २५ हजार रुपैयाँ लगानी भएको छ र २ हजार २८६ पुरुष तथा ५७१ महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति रूकुमपश्चिमको तथ्यांकअनुसार आर्थिक वर्ष २०४९र५० देखि २०७५र७६ सम्म १ हजार ३५३ उद्योग र २ हजार ४४३ वाणिज्यफर्म दर्ता भएको उद्योग अधिकृतले जानकारी दिए ।

जिल्लामा कृषिजन्य, वनजन्य, उत्पादनमूलक, पर्यटन र विद्युत् उद्योग दर्ता छन्, जसमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग छन् ।

विशेषगरी रूकुममा छापाखाना, फर्निचर उद्योग, सिलाइकटाइ, अल्लो उत्पादन उद्योग, नेपाली कागज उद्योग, होटेल व्यवसाय, कम्युटर इन्स्टिच्युट, आर्टिस्ट व्यवसाय, निर्माण व्यवसाय लगायतका उद्योग तथा वाणिज्य फर्म दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति रूकुमले जानकारी दिएको छ । तर, जिल्लामा पर्यटन उद्योग र विद्युत् उद्योगमा भने लगानी बढ्न सकेको छैन् ।

मुसीकोटमा ७ सयभन्दा बढी उद्योग
रूकुमपश्चिमको मुसीकोट नगरपालिकामा ७६९ उद्योग दर्ता भएका छन् । त्यस्तै, चौरजहारी नगरपालिकामा १९४, त्रिवेणी गाउँपालिकामा १२१ र सानीभेरी गाउँपालिकामा ७० ओटा उद्योग दर्ता भएका छन् । त्यस्तै, बाँफीकोटमा ८३ र आठबीसकोट नगरपालिकामा ११६ ओटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

प्रकाशित मितिः     १२ पुष २०७६, शनिबार १८:११  |