नेपालगञ्ज १२ पुस – नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा लागेको महोत्सवको दोस्रो दिन दुर्गेश थापा र भूमिका गिरीले दर्शक नचाए । शनिवार परेका कारण संयौ मानिसहरु भेला भर्ना आएका थिए । युवा पुस्ता माझ चर्चित दुर्गेशले नेपालगञ्जको चिसो बिर्साउने गरी गीत गाउँदै दर्शक नचाए ।
महोत्सवमा मनोरन्जन मात्र होइन व्यापार व्यवसाय समेत बढेको छ । महोत्सवको तेस्रो दिन आईतवार प्रिती आले , चन्द्र शर्मा,ढाकाराम पौडेल, दिक्षा सुनार,कमल नारायाण नृत्य जोडी लगायत स्थानीय कलाकारको बिशेष प्रस्तुती हुने छ ।
महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गरिएको महोत्सव मूल आयोजक समिति सचिवालय संयोजक सतिश शर्माले बताए ।
यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको छ । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यस महोत्सवले पर्यटनलाई समेत विकास गर्ने आशा गरिएको छ ।