सन्ध्या शाह मिस नेपालगन्ज २०१९


तस्विर : निशु जोशी

एक्स जेनेरेसनको आयोजना शनिबार सम्पन्न सौन्दर्य प्रतियोगिता “मिस नेपालगन्ज २०१९” को उपाधि सन्ध्या शाहले हात पारेकी छिन।

नेपालगन्जको रंगशालामा सम्पन्न ग्राण्ड फिनालेमा ११ जना प्रतिस्पर्धीलाई उछिन्दै सन्ध्या “मिस नेपालगन्ज २०१९” को विजेता बन्न सफल भएकी हुन। त्यस्तै, फस्ट रनरअप एकता बुढाथोकी बनिन भने सेकेन्ड रनरअप निशा श्रेष्ठ बनिन।

त्यस्तै , लिटिल मिस भेरी २०१९ को बिजेता मान्या अग्रहरी बनेकी छिन् भने फर्स्ट रनरअप एप्रील आले मगर र सेकेन्ड रनरअप सिम्रन शाह बनेकी छिन् ।

फिनालेको निर्णायकमा पुर्व प्रधानसेनापति रुक्मांगत कटुवाल , रिबन इन्टरनेसनलको सिइओ निशु झा , मिसेस नेपाल इन्टरनेसनल २०१९ को बिजेता भविशा कोइराला चटौत , नेपालगन्जका पहिलो प्रोफेसनल मोडेल अजय पोख्रेल , नेपालगन्जका स्थानिय तथा नेपालकै पहिलो मुस्लिम मेल मोडेल राजा खान रहेका थिए।

प्रकाशित मितिः     १३ पुष २०७६, आईतवार ०८:०३  |