नेपालगञ्ज १३ पुस – वेष्र्टन विजनेश ग्रुपले नेपालगञ्जमा आवासिय घर ‘हाउजिङ्ग’ बनाउने भएको छ । सपिङ्ग मलको प्रोजेक्ट सम्पन्न गरिसकेको उक्त ग्रुपले २०७७ बाट निर्माणको काम शुरु गर्ने गरी आवासिय घर निर्माण गर्ने गरी तयारी शुरु गरेको छ ।
नेपालगञ्जमा आवासिय घरको प्रचलन अहिलेसम्म छैन । वेष्र्टनले मध्यमबर्ग र कर्मचारीलाई लक्षित गरी घरहरु निर्माण गर्न लागेको हो । यसको योजना बनिसकेको र कार्यान्वयन शुरु हुने वेष्र्टन बिजनेश ग्रुपका प्रमुख सन्जय थापाले बताए ।
‘बढ्दो शहरीकरणले नेपालगञ्जमा हाउजिङ्गको आवश्यकता महसुस गरेको छ ।’ थापाले भने–‘बिशेष गरी कर्मचारी र मध्यमबर्गलाई लक्षित गरेर हाउजिङ्ग शुरु गर्दैछौ ।’ २०७७ बाट निर्माणको काम शुरु गर्ने योजना बनाएको थापाले बताए ।
प्रथम चरणमा २५ वटा त्यस्ता घरहरु निर्माण गरिने छ । स्थान छनौटको चरणमा रहेको थापाले बताए । दोस्रो चरणमा थप ५० वटा घर निर्माण गर्ने लक्ष्य राखिएको छ । किस्ताबन्दीमा घर खरिद गर्ने सुविधा समेत प्रदान गर्न बैंक तथा वित्तीय संस्थासंग समन्वय गरिने थापा बताउँछन् ।