किताब छपाईमा भ्याट अनिवार्य ?


काठमाडौं। आन्तरिक राजस्व विभागले किताब छपाईमा मूल्य अभिवृद्धि कर-भ्याट अनिवार्य गरेको छ। व्यवसायीहरुले मुअकर तिर्नेरनतिर्ने विषय उठेपछि विभागले स्पष्ट गरेको हो।

प्रिन्टिङ प्रेसहरूले मुअकर नकटाई बिल काट्न थालेपछि नेपाल प्रिन्टर्स एशोसिएसनले करको विषय स्पष्ट गर्न विभागलाई पत्राचार गरेको थियो। जवाफ दिँदै विभागले सबै प्रकारका किताब छपाईमा मुअकरको बिजक काट्नुपर्ने जनाएको छ।

निजी तथा सरकारी किताब छपाई गर्दा हामीले मुअकरसहित बिजक काट्ने वा शुन्य मुअकरमा बिजक काट्ने भनेर विभागलाई पत्र लेखेका थियौं,एशोसिएसनका अध्यक्ष शंकर खड्काले भने, ुविभागले कागज तथा छपाई दुवैमा मुअकर लाग्ने स्पष्ट पारेको छ।ु

करबिना नै बिजक जारी गरेको पाइएको भन्दै जगदम्बा प्रिन्टिङ प्रेसमाथि सरकारले छानविन सुरू गरेपछि सम्बद्ध व्यवसायी सतर्क भएका थिए। लगत्तै एशोसियसनले कात्तिक १५ गते सरकारी वा निजी पुस्तक छपाई गर्दा छापाखानाले आफ्नै कागजमा छपाई गरेमा वा प्रकाशनगृहले दिएको कागजमा पुस्तक छपाई गर्दा भ्याट लाग्ने नलाग्ने विषय प्रष्ट पार्न पत्राचार गरेको थियो।

विभागले कानून बमोजिम दुवै प्रक्रियामा कर र भ्याट लाग्ने भन्दै एशोसियसनलाई पुस ३ गते पत्र काटेको छ। विभागले मूल्य अभिवृद्धि कर ऐन(२०५२ को दफा ५ को उपदफा ९१० बमोजिम कर लाग्ने जनाएको हो।

प्रकाशित मितिः     १४ पुष २०७६, सोमबार १५:०४  |