पर्यटन वर्ष शुभारम्भ गर्न मुख्यमन्त्री लगायत विशिष्ट अतिथी नेपालगञ्ज आउँदै, यस्तो छ कार्यक्रम


नेपालगञ्ज १४ पुस – पर्यटन वर्ष २०२० को स्वागतका लागि बाँकेमा बिशेष तयारी गरिदै छ । यसको मुख्य केन्द्रमा बाँके राष्ट्रिय निकुञ्ज छ । बाँके निकुञ्जमा जङ्गल सफारी उद्घाटन गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट अतिथीहरु भोलि मंगलवार नेपालगञ्ज आउँदै छन् ।

पाहुनाहरुलाई होटल सिद्धार्थ भ्यूमा जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले स्वागत गर्दै छ । त्यसलगत्तै सोही होटलमा भ्रमण वर्षको स्वागत र न्यू एयर ईभको उपलक्ष्यमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिदै छ । उक्त अवसरमा अतिशवाजी समेत गर्ने तयारी भइरहेको छ ।

त्यसको भोलिपल्ट बुधवार मुख्यमन्त्री लगायतको पाहुना टोली बाँके निकुञ्जको खड्कबारस्थित हात्तीसारमा जाने छ । त्यहाँ जङ्गल र हात्ती सफारीको उद्घाटन हुने छ । पर्यटन वर्षको शुभारम्भसंगै बाँके निकुञ्जलाई देश र बिदेशमा चिनाउन सहयोग पुग्ने छ ।

बाँकेका पर्यटन वर्षलाई भव्य बनाउन सोमवार जिल्ला स्तरीय पर्यटन प्रर्बधन समितिको बैठक बस्यो । बैठकले भ्रमण वर्षको शुभारम्भ भव्य बनाउन सबै आ–आफ्नो ठाउँमा लाग्न आह्वान गरेको छ । नेपालगञ्जका मेयर धवल शम्सेर राणा ,कोहलपुरका मेयर लुट बहादुर रावत, बाँके निकुञ्जका प्रमुख प्रमोद भट्टराई,नेपाल उद्योग वाणिज्य महासंघका केद्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलगायत सहभागि थिए । जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्तीको संयोजकत्वमा बैठक बसेको थियो ।

भ्रमण वर्ष शुभारम्भ गर्न बाँके, बर्दियामा यस्तो छ तयारी

प्रकाशित मितिः     १४ पुष २०७६, सोमबार १७:५८  |