महोत्सवमा पशुपति शर्माले नचाए, भोलि राजेश हमाल आउने


नेपालगञ्ज १४ पुस – नेपालगञ्जको सडक डिभिजन परिसरमा सन्चालन भएको घरेलु तथा प्रादेशिक महोत्सवमा सोमवार गायक पशुपति शर्माले दर्शक नचाए । उनका लोकगीत सुन्न दर्शकको भिड लागेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा उक्त महोत्सव लागेको हो ।

मंगलवार नेपाली सिनेजगतका महानायक राजेश हमाल, मन्जु पौडेल,रुविना अधिकारी लगायत आउँदै छन् ।
महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु स् मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गरिएको महोत्सव मूल आयोजक समिति सचिवालय संयोजक सतिश शर्माले बताए ।

यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको छ । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यस महोत्सवले पर्यटनलाई समेत विकास गर्ने आशा गरिएको सांस्कृतिक समितिको संयोजक मिना डाँगीले बताइन ।

प्रकाशित मितिः     १४ पुष २०७६, सोमबार १८:२४  |