नाडाले छान्यो सबै पदाधिकारी, अटो शो संयोजकमा राजनबाबु श्रेष्ठ


काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको गत पुस ४ गते भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेसँगै आज पदस्थापन कार्यक्रम गरेको थियो ।

पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहालले नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलाललाई पदस्थापन गराएका थिए । पदस्थापन कार्यक्रम पछि भएको बैंठकले पदाधिकारी र विभिन्न समितिको टुङ्गो लगाएको हो ।

बैंठकले निर्वाचित सदस्यहरु मध्येबाट दुई उपाध्यक्ष र संस्थागत सदस्य तर्फबाट दुई उपाध्यक्ष, महासचिब, सचिब, कोषध्यक्ष र सहकोषाध्यक्ष चयन गरिएको हो । साथै आजकै बैंठकबाट विभिन्न समितिका सभापतिहरुको समेत टुङ्गो लगाईएको नाडाले जनाएको छ ।

निर्वाचित सदस्यहरु मध्येबाट आकाश गोल्छा र करण चौधरी उपाध्यक्ष चयन भएका छन् भने संस्थागत तर्फबाट नवराज ढल्लाकोटी र सुवास आर्चाय उपाध्यक्ष भएका छन् ।

त्यस्तै महासचिबमा सुनिल रिजाल चयन भएका छन् । उनि यसअघि पनि महासचिव नै थिए । त्यसैगरी सचिवमा अनुप बराल, कोषध्यक्ष सुरेन्द्र ९सुरेस० उप्रेति र सहकोषाध्यक्ष बिक्रम सिंघानिया चयन भएका छन् । उनीहरु तिनै जना यसअघि पनि सोही पदमा थिए ।

त्यसैगरी बैंठकले नाडा अटो शो समितिको सभापतिमा राजनबाबु श्रेष्ठलाई चयन गरेको छ । अटो शो नाडाको सबैभन्दा सफल र चर्चामा रहने समितिमा पर्ने गरेको छ ।

साथै, टु ह्वीलर्स कमिटिको सभापतिमा अभिक ज्योति, फोर ह्वीलर्स कमिटिको सभापति करण चौधरी र सडक सुरक्षा तथा वातावरण कमिटिको सभापतिमा निराकार श्रेष्ठ, राजस्व कमिटिमा दिपक अग्रवाल, प्रचार–प्रसार समितिमा अनुप बराललाई चयन गरेको छ । साथै अन्य विभिन्न समितिले आजै पूर्णता पाएको जनाइएको छ ।

प्रकाशित मितिः     10:06:01 AM  |