थोरै पुँजीबाट राजकुमारले नास्ता पसल शुरु गरे, आम्दानी हुने बेला जलेर नष्ट भयो


नेपालगञ्ज १५ पुस – सानो पुँजी र धेरै दुःख गरेर राजकुमार चौधरीले नेपालगञ्ज–१ धम्वोझीमा नास्ता पसल सन्चालनमा ल्याएका थिए । नास्ता पसल राम्रै चलेको थियो । ब्यापार चलेकाले चौधरी खुःसी थिए । तर उनको खुःसी सोमवार राती भएको आगलागीले लुटेको छ ।

सोमवार राती नौं बजे आफन्तजनको बर्थडे मनाउन गएका बेला चौधरी नास्ता पसलमा आगलागी भयो । छिमेकीले जानकारी दिए पछि आत्तिए पसल आए । दकमल र छिमेकीले आगो निभाउन प्रयास नगरेका होइनन् तर केही जोगिएन । आगलागीले चौधरी नास्ता पसल जलेर नष्ट भएको छ ।

‘धेरै दुःख झेलेर पसल चलाएका थिए । राम्रो चल्न लागेका बेला आगो लागेर बर्बाद भए ।’ चौधरीले भने–‘ मैले अहिलेसम्म कमाएको सबैथोक खरानी भयो ।’ चौधरीका अनुसार, आगलागीबाट पसल सबै नष्ट भएको छ भने रु ५ लाख बढिको क्षती भएको छ ।

‘अब के गर्ने र कसरी नयाँ शुरु गर्ने भन्नेमा अन्यौलमा छु ।’ चौधरीले भने–‘ मलाई यतिबेला सहयोगको आवश्यकता छ ।’ आगलागी कसरी भयो भन्ने पत्ता लागेको छैन ।

प्रकाशित मितिः     १५ पुष २०७६, मंगलवार १३:०६  |