प्रजातान्त्रिक प्यानलले आज उम्मेदवारी घोषणा गर्दै


नेपालगञ्ज १८ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक व्यवसायी प्यानलले आज  शुक्रवार उम्मेदवारी घोषणा गर्दै छ ।

होटल कलपत्रुमा दिउँसो तीन बजे उम्मेदवारी घोषणा गर्दै छ । उक्त प्यानलबाट ललित रौनियारको नेतृत्वमा उम्मेदवारी घोषणा हुने निश्चित छ । उम्मेदवार निश्चित भइसके पछि उक्त प्यानल मतदातासंग भटघाटमा सक्रिय छ ।

बुधवार समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा आफ्नो प्यानल घोषणा गरिसकेको छ । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल छन् ।

सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।
त्यस्तै बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ छन् ।

प्रकाशित मितिः     १८ पुष २०७६, शुक्रबार १०:२३  |