एटिएमबाट झिक्ने रकमको सीमा बढ्यो


काठमाडौं। एटिएम बुथबाट पैसा लुटिएपछि चाहिनेभन्दा बढि नै कडाइ गरेको राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका जारी गर्दै पूरानै निर्णयमा फर्किएको छ।
चिनियाँ ह्याकरले पैसा लुटेपछि राष्ट्र बैंकले एक दिनमा एक लाख रुपैयाँ झिक्न पाउने सीमालाई ६० हजारमा झारेको थियो। एकपटकमा २० हजारमात्रै झिक्न पाइन्थ्यो।

एटिएमको सीमा घटेपछि सर्वसाधारणलाई गाह्रो परेको थियो। त्यसपछि एकीकृत निर्देशिकामार्फत राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विभागले नीतिलाई पुरानै अवस्थामा फर्काएको हो।

त्ब्त्ब्क्ब्ल्क्ष्ःब् लभधच्ष्ममष्कष्ममष् ऋझभलत
एटिएम बुथ लुटिएपछि अर्को एउटा अब्यवहारिक निर्णय गरेको राष्ट्र बैंकले त्यसलाई पनि सच्याएको छ। प्रत्येक बुथमा सुरक्षागार्ड राख्नुपर्ने ब्यवस्था गरिएको थियो।

जबकी त्यहाँ २४ सैं घण्टा सीसीटीभी निगरानी हुन्छ। गार्ड राख्ने ब्यवस्थाले बैंकहरुको खर्च बढेको थियो भने त्यो खासै प्रभावकारी पनि भएको थिएन। त्यसैले बिहीबारबाट त्यो निर्णय पनि खारेज गरिएको छ।

प्रकाशित मितिः     १८ पुष २०७६, शुक्रबार १५:१४  |