नेपालगञ्ज १८ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक व्यवसायीक प्यानलले ललित रौनियारको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । शुक्रवार होटल कलपत्रुमा आयोजित घोषणासभामा प्रजातान्त्रिक समूहले उम्मेदवारी घोषणा गर्यो ।
उक्त प्यानलको उपाध्यक्ष (उद्योग) तर्फ तपेन्द्र बिक्रम शाह, वाणिज्य तर्फ अमित बस्नेत उम्मेदवार रहेका छन् । सदस्यमा क्रमश अजय कुमार टण्डन, मख्खन धामी,तेजनारायण कँडेल सुनिल सिंघल, विन्दु चर्ती मगर, टंक प्रसाद शर्मा, टेकबहादुर खड्का, बदरुद्धिन अन्सारी, विष्णु प्रसाद श्रेष्ठ, दिपेन्द्र राज श्रेष्ठ, सन्तोष कुमार बैश्य, सुरेन्द्र सिंह सरदार रहेका छन् । सन्जय थापाले उम्मेदवारी घोषणा गरेका थिए ।
घोषणासभामा प्रदेशसभाका सदस्य मोहमद याकुव अन्सारी, नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर उमाथापामगर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाई, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुनिल शर्मा लगायतको सहभागिता थियो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, रतन टण्डन घोषणा सभामा थिए ।
उम्मदवारी घोषणा पछि बोल्दै अध्यक्ष पदका उम्मेदवार ललित रौनियारले आफु उद्योगी, व्यवसायीको हितमा सक्रिय हुने बताउँदै बिगत हेरेर व्यवहार नगर्न आग्रह गरेका छन् । उनले आफु वर्षौदेखि व्यवसायीक हितमै लागेको उल्लेख गर्दै नेतृत्वमा पुगेपछि सबै बिर्सिर संघ र बाँकेको उद्योग, व्यवसायका क्षेत्रमा सक्रिय हुने बताए ।