समावेशी प्यानलको अपिलमा के छ ? पढौं


आदरणीय उद्योगी व्यवसायी दाजुभाई दिदी बहिनीहरु,

नेपालगञ्ज उद्योग वाणिज्य संघले स्थापनाको पचास वर्ष पार गरिसकेको छ । स्थापना कालदेखि यस संस्थालाई उद्योगी, व्यवसायीहरुको भरोसाको केन्द्र बनाउनु हुने सबै अग्रज प्रति सबैभन्दा पहिले नमन गर्न चाहान्छौ ।

उद्योगी, व्यवसायी साथीहरु हाम्रो छाता संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि यहि माघ ११ गते हुन गइराखेको निर्वाचनमा बिगतको निर्वाचनमा अलग –अलग प्यानल बनाई चुनावी अभियानमा उभिएका हामी अहिले एउटै प्यानल समावेशी प्यानल बनाई चुनावी अभियानमा आउन पाउँदा गर्व महसुस गरि रहेका छौं । साथीहरु हाम्रो यस एकताले व्यवसायी बिचमा उत्साह उत्पन्न भएको छ र व्यवसायीक मुद्दामा उद्योगी, व्यवसायी एकढिक्का हुन सक्छन् भन्ने सन्देश दिएको छ ।

नेपालगञ्ज साविकको मध्य र सुदूरपश्चिमको आर्थिक राजधानी हो । यस ऐतिहासिक शहरमा रहेको यस संघको व्यवसायीक हित र सामाजिक आन्दोलनको भूमिका दिनप्रति दिन फराकिलो बन्दै छ । बिभिन्न आन्दोलन पश्चात देशमा नयाँ संविधान जारी भई तीन तहका सरकार बनेर राज्य पुर्नसंरचनामा आमुल परिवर्तन भएको अवस्था छ । यसले देशमा बेग्लै उत्साह थपेको छ । तर बद्लिएको परिस्थितीले नेपालगञ्जलाई सन्तुष्ट पार्न सकिरहेको छैन । राज्यपुर्नसंरचनाले बाँकेलाई पछि धकेलेको छ ।

यसप्रति हाम्रो चिन्ता र चासो छ । हामीले यो ऐतिहासिक शहरको चमक कम हुन नदिन र त्यसका लागि संघका माध्यमबाट निरन्तर राज्यलाई सचेत गराउने जिम्मेवारी बोध गर्दै सम्पूर्ण उद्योगी, व्यवसायी र बाँकेबासी यहाँको शुन्दर भविष्य निर्माणका लागि एकढिक्का भएर अगाडी बढ्ने संकल्प लिने बेला आएको छ ।

उद्योगीका हरेक समस्यालाई समाधान गरी अगाडी बढ्न सक्ने, संघको स्थापनाकालदेखि लागेर संघको महत्वपूर्ण पदिय दायित्वमा बसेर आफ्नो भूमिकालाई सशक्तरुपले भूमिका निभाएका साथीहरु र नयाँ उर्जाका साथ आउनुभएका व्यक्तित्वहरु समावेशी प्यानलबाट चुनावी अभियानमा आउनुभएको छ । यस अभियानमा हाम्रो उम्मेदवारलाई विजयी गराउने अभियानमा सबैको साथ र सहयोग रहनेछ भन्नेमा हामी बिश्वस्त छौं ।
व्यवसायीक क्षेत्रमा थुप्रै समस्या र चूनौतीहरु छन् । त्यसलाई सहि ढङ्गबाट समन्वय गरी समाधान गर्नु पर्नेछ । संघलाई अझै समस्त व्यवसायीको भरोसाको केन्द्र बनाउनुपर्ने छ । यि सबै समस्याहरु जुझ्दै समाधान गर्न सक्ने समावेशी प्यानलका उम्मेदवारलाई अत्याधिक बहुमतले बिजयी बनाउनको लागि समस्त उद्योगी, व्यवसायी दाजुभाई, दिदी बहिनीमा समावेशी प्यानल हार्दिक अनुरोेध गर्दछ ।

( गत बुधवार नेपालगञ्जमा उम्मेदवारी घोषणा सभामा वितरण गरिएको अपिलमा आधारित)

प्रकाशित मितिः     १८ पुष २०७६, शुक्रबार १८:५०  |