महोत्सवमा शनिवार बद्री पंगेनीदेखि शंकर बिसीसम्म आउने


नेपालगञ्ज १८ पुस – नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा पुस ११ बाट नेपालगन्जको सडक विभाग परिसरमा शुरु भएको महोत्सवमा शनिवार बिशेष प्रस्तुती हुने भएको छ । आयोजकका अनुसार बद्री पंगेनी, शंकर बिसी र अन्जली अधिकारी आउँदै छन् ।

महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु ः मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक रचना श्रेष्ठले बताइन ।

यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको छ । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यस महोत्सवले पर्यटनलाई समेत विकास गर्ने आशा गरिएको छ ।

प्रकाशित मितिः     १८ पुष २०७६, शुक्रबार २१:१३  |