२०२० : यी १० कार अब बजारमा हुने छैनन्


अप्रिल २०२० मा बीएस६ उत्सर्जन मानक अनिवार्य लागू हुने भएको छ । कार कम्पनीहरु यी कारको इन्जिन बीएस६ मा परिवर्तन गर्न लागेका छन् ।

डिजेल इन्जिनलाई बीएस६ मा अपग्रेड गर्नको लागि निकै महँगो हुने भएकोले केही कम्पनीले डिजेल इन्जिन कारको उत्पादन नै बन्द गर्न लागेका छन् । केही कम्पनीका कारहरुको बिक्री सन्तोषजनक नभएको कारणले पनि बन्द हुन लागेको हो ।

टोयोटा कोरोल्ला अल्टिस
शुरुमा कोरोल्ला अल्टिसको राम्रो बिक्री थियो । बजारमा स्कोडा अक्टाभिया, हुन्डाई इलान्ट्रा र होन्डा सिभिक जस्ता सेडान कार आए पछि सो कारको बिक्रीमा गिरावट आयो । जसको कारण सो कार नयाँ वर्ष पश्चात बन्द गर्ने कम्पनीले घोषणा गरेको छ ।

टोयोटा इटियोस
भारतीय बजारमा टोयोटा इटियोसको सेकेन्ड जेनेरेशन कार लन्च गरिएको थिएन । सो कारले ४ स्टार सेफ्टी रेटिङ पाएको थियो र यसमा १।५ लिटर इन्जिन जडान गरिएको छ । भारतीय बजारमा सो कार १ हजार युनिट मात्र बिक्री हुन सफल भएको थियो । इटियोस भारतीय बजारमा मार्च २०२० पछि बिक्री हुने छैन ।

फक्सवागन एमियो
फक्सवागन एमियो डिजेल इन्जिनमा उपलब्ध रहेको छ । सो कार बीएस६ मा अपग्रेड गरिने छैन । एमियोको भारतीय बजारमा मारुती डिजायर, हुन्डाई एक्सेन्ट र होन्डा अमेजसँग प्रतिस्पर्धा हुने गरेको छ । १ अप्रिल २०२० पछि फक्सवागन एमियो भारतीय बजारमा बन्द हुँदैछ ।

स्कोडा अक्टाभिया
स्कोडा कम्पनीले विश्व बजारमा अक्टाभियाको नयाँ जेनेरेसन सार्वजनिक गरेको थियो । सो कार भारतमा लन्च हुने हो वा होइन भन्न स्पष्ट जानकारी दिइएको छैन । हाल उपलब्ध पुरानो मोडललाई बीएस६ मा अपग्रेड गर्ने कुनै योजना बताएको छैन ।

रेनो लजी
रेनो लजीको बिक्रीमा भारी गिरावट आएको छ । रेनो लजी एमपीभी ६ महिनामा औसत ५० युनिट पनि बिक्री हुँदैन । सो कारलाई ट्राइबर र मारुती अर्टिगाले निकै प्रभाव पारेको छ । नोभेम्बर महिनामा सो कार १० युनिट पनि बिक्री भएन । कम्पनीले चाँडै नै लजी एमपीभीको उत्पादन बन्द गर्ने सम्भावना रहेको छ ।

टाटा बोल्ट
टाटा टियागो र टिगोर ह्याचब्याकको लन्च पछि टाटा बोल्टको बिक्री उल्लेखनिय रुपमा भएन । २०२० मा टाटा अल्ट्रोज ह्याचब्याकको लन्च पछि टाटा बोल्ट बन्द गर्ने सम्भावना रहेको छ । सम्भवतः टाटा बोल्टको उत्पादन जनवरी २०२० पछि बन्द गरिने छ ।

टाटा सफारी स्टोर्म
टाटा सफारी स्टोर्म एक दमदार एसयूभी रहेको छ । कम्पनीले टाटा हेक्सा, ह्यारियर र ग्राभिटास मोडललाई अगाडि बढाउन चाहन्छ । यसको लागि कम्पनीले सफारी स्टोर्मको उत्पादन बन्द गर्न सक्ने सम्भावना रहेको छ ।

महिन्द्रा जाइलो
महिन्द्रा जाइलो सन् २००९ मा लन्च गरिएको थियो । यसमा २।५ लिटरको डिजेल इन्जिन जडान गरिएको छ । कम्पनीसँग जाइलोको भन्दा राम्रो फिचर भएको एसयूभी उपलब्ध रहेको छ । जाइलोलाई बीएस६ मा अपग्रेड गरिने छैन । जसको कारण सो कारको मार्च २०२० पछि बिक्री बन्द हुनेछ ।

महिन्द्रा भेरिटो
महिन्द्रा भेरिटोको इन्जिन बीएस६ मा अपग्रेड गरिने छैन । सो कार २०२० मा बन्द गर्ने सम्भावना रहेको छ ।

निसान सन्नी
भारतमा निसान सन्नीलाई केही वर्षदेखि अपडेट गरिएको छैन । जसको कारण यसको बिक्रीमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा कम्पनीले सन्नीको नेक्स्ट जेनेरेसन मोडल लन्च गरिसकेको छ । तर भारतीय बजारमा लन्च गरेको छैन ।

प्रकाशित मितिः     8:32:10 AM  |