्नेपालगञ्ज १९ पुस – ३७ सय बढि सदस्य रहेको बाँकेकै ठुलो सहकारी भेरी सहकारी वित्तीय संस्था लिमिटेडले उत्पादनमूलक क्षेत्रमा आफैले लगानी गर्ने भएको छ । उक्त चाँडै आफ्ना शेयर सदस्यलाई लक्षित गरी डिमार्टमेन्टल स्टोर, कृषि पकेट क्षेत्र र डेरी उद्योग सन्चालन गर्ने गरी काम अगाडी बढाएको अध्यक्ष बसन्त लामिछानेले बताए ।
उक्त सहकारीले शनिवार २४ औ साधारणसभाबाट आगामी कार्ययोजनाका बारेमा अनुमति लिएको छ । अध्यक्ष लामिछनेका अनुसार, नेपालगञ्जमा डिमार्टमेन्टल स्टोर, कोहलपुरमा डेरी उद्योग, ग्रामिण क्षेत्रमा कृषि पकेट क्षेत्र घोषणा गरी काम अगाडी बढाउने तयारी भइरहेको छ । यसका लागि पन्ध्र करोड लाग्ने अनुमान गरिएको छ । यद्यपी यसका बिस्तृत रिर्पोट आउन बाँकी छ ।
साधारणसभामा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले सहकारीलाई उत्पादनमुलक कार्यमा लगानी बढाउन आग्रह गरिन । उनले निक्षेप संकलनमा मात्र सीमित नभई आफ्ना सदस्यको आय–आर्जन बृद्धिमा जोड दिन सुझाव दिइन । उक्त सहकारीका संस्थापक अध्यक्ष अच्यूत प्रसाई, पूर्व अध्यक्ष विष्णु मैनाली लगायतले सहकारीलाई सहकारीलाई अझ स्तरीय बनाउने प्रतिबद्धता जनाए । साधारणसभामा बिभिन्न सदस्यहरुलाई सम्मानित गरेका थिए ।