नेपालगन्ज २० पुस – अर्थमन्त्री युवराज खतिवडा पश्चिम नेपालका मुख्य भञ्सार नाका र आन्तरिक राजश्व कार्यालयको निरीक्षण गरेका छन् । बाँके, बर्दिया र कैलालीका भञ्सार र कर कार्यालयको निरीक्षण गर्दे अर्थमन्त्री खतिवडाले राजश्व चुहावट रोक्न प्रभावकारी कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिए ।
अर्थमन्त्रीका साथमा भञ्सार र आन्तरिक राजश्व बिभागका महानिर्देशक सहित उच्च अधिकारीहरु थिए । राजश्व चुहावट रोक्न कुनै कसर बाँकी नछाड्न निर्देशन दिदै अर्थमन्त्री खतिवडाले भञ्सार र राजश्वको भौतिक पूर्वाधारका विषयमा पनि गम्भीरतापूर्वक चासो लिएका छन् । अर्थमन्त्रीले सुरक्षाकर्मीलाई पनि राजश्व चुहावट रोक्न प्रभावकारी काम गर्न निर्देशन दिए ।
नेपालगञ्ज भञ्सार कार्यालयका प्रमुख शान्तीराम निरौलाले अर्थमन्त्री खतिवडाले राजश्व चुहावट लगायत नियमित कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको बताए । यसका साथै भञ्सारको भौतिक पूर्वाधारका विषयमा पनि अर्थमन्त्रीले चासो दिएका छन् । यहाँ आएलगत्तै अर्थमन्त्री खतिवडाले उद्योगी, व्यवसायीसंग भेटघाट गरेका गरे ।
राँझा विमानस्थलमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अर्थमन्त्री खतिवडासंग भेटघाट गरे । उक्त अवसरमा नेपालगञ्जको उद्योगी , व्यवसायीको समस्याका बारेमा छलफल भएको छ । एकिकृत भञ्सार जाँच चौकी, नेपालगञ्ज–दिल्ली उडान, घिउ निकासीको अवरोध, नौवस्ता औद्योगिक क्षेत्र, मुगुवा बिशेष आर्थिक क्षेत्रका विषयमा अर्थमन्त्रीका् ध्यानार्कषण गराएको अध्यक्ष बैश्यले बताए ।