१९औं वार्षिकोत्सबको अबसरमा सुबिसु ‘अफरच्यूनिटी’


-रु १०४० प्रति महिनामा २५Mbps इन्टरनेट र फूल एच डि प्याकेज
– रु Þ२२१ प्रति महिनामा क्लिर टिभी वेसिक प्लस प्याकेज
– साथै दामी म्युजिकको प्रिमियर प्याकेजको सब्स्क्रिपसन ३ महिनाको लागि निशुल्क

पौष २१ – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्नो १९औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना प्रस्तुत गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले मात्र रु १०४० प्रति महिनामा २५Mbps इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५ भन्दा बढि एच डि च्यानल) प्राप्त गर्नु हुनेछ। यो १५ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र रु २२१ मा प्राप्त गर्नुहुने छ । यो १४ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिन्छ ।

यसका साथै ग्राहकहरुले दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गनेुहुनेछ जसमा २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश छन् ।
आफ्नो १९औ बार्षिकोत्सव हर्षउल्लासका साथ ग्राहकहरु माझ खुशी साटासाट गर्ने उद्धेश्यका साथ सुबिसुले यो अफर लिएर आएको हो । अफर सिमित अवधिका लागी मात्र लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुने छ । यो अफर नेपालगञ्ज लगायत देशभर लागू हुने छ ।

प्रकाशित मितिः     २१ पुष २०७६, सोमबार १५:१६  |