‘फेसबुक कभर फोटो’ फेर्दै पूर्वमन्त्रीले लेखे–‘वेलकम टु ड्रिम सिटी नेपालगञ्ज’


नेपालगञ्ज २१ पुस – पूर्व मन्त्री एवं प्रतिनिधिसभा सांसद मोहमद ईस्तियाक राईको ‘फेसबुक एकाउण्ट’ को ‘कभर फोटो’ फेरिएको छ । नेपालगञ्जलाई पर्यटकिय गन्तव्यका रुपमा चिनाउने गरी राईले कभर फोटो परिवर्तन गरेका छन् । राई नेपालगञ्जका प्रतिनिधिसभा सांसद समेत हुन ।

‘भ्रमण वर्ष चलिरहंदा नेपालगञ्जलाई पर्यटकिय गन्तव्यका रुपमा चिनाउन सहयोग पुग्छ भन्ने लागेर यसो गरेको हुँ ।’– राईले भने,–‘नेपालगञ्जलाई चिनाउन प्रचारको आवश्यकता छ ।’ राईले तयार गरेको फोटोमा सपनाको शहर नेपालगञ्जमा स्वागत छ भन्ने लेखिएको छ । परिकारको धनी, धार्मिक विविधता र आन्तरिक पर्यटनको हबका रुपमा नेपालगञ्जलाई चिनाइएको छ ।

प्रकाशित मितिः     8:18:55 AM  |