राझा पुग्यो प्रजातान्त्रिक प्यानल


नेपालगन्ज–२२ पुस – आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले घरदैलो भेटघाटलाई मंगलवार पनि जारी राखेको छ । “आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले मंगलवार नेपालगन्ज उपमहानगरपालिका २० राझामा पुगेर घरदैलो गरेको हो ।

त्यसक्रममा राझाका उद्योगी व्यवसायीहरुले रौनियार नेतृत्वका उम्मेदवारलाई भव्य स्वागत गर्दै विजयीको शुभकामना दिएका थिए । आफ्ना चुनावीे एजेण्डाका साथ प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह घरदैलोमा होम्मिएको र उद्योगी व्यवसायिले उत्साहजनक साथ दिएको साझा उद्योगी व्यवसायी समूहको प्रचार प्रसार सचिवालय सहसंयोजक वीरेन्द्र कुमार रावतले जानकारी दिनुभयो । घरदैलो अभियानका क्रममा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीको समूहले उद्योग बाणिज्य संघको गरिमालाई जोगाउन, संघको संस्थागत विकास गर्न र व्यावसायिक हकहित र सुरक्षाका लागि रौनियार नेतृत्वको प्यानललाई सहयोग गर्न अपिल गरेको छ ।

समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहनुभएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।

प्रकाशित मितिः     २२ पुष २०७६, मंगलवार २०:२५  |