भाटभटेनी नेपालगञ्जको ‘फिनिसिङ’ को काम हुँदै


नेपालगञ्ज २४ पुस – भाटभटेनी सुपरमार्केट नेपालगञ्जको ‘फिनिसिङ’को काम धमाधम भइरहेको छ । आगामी फागुण दोस्रो हप्तादेखि सन्चालनमा ल्याउने गरी नेपालगञ्ज–१८ कारकाँदोमा भाटभटेनीको अत्याधुनिक भवनको अन्तिम काम सकिन लागेको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ्गको प्रत्यक्ष निगरानीमा ‘फिनिसिङ’ हुने छ । त्यसका लागि गुरुङ्ग नेपालगञ्ज आएका छन् । उनी केही दिन यतै बसेर अन्तिम कामको निगरानी गर्ने छन् ।

भाटभटेनीका व्यवस्थापक बिनोद भट्टराइले भवनको भित्र र बाहिर आर्कषक तरिकाले सजाइदै छ । ‘अत्यन्त शुन्दर तरिकाले सजाइएको भवन बन्ने छ ।’– उनले भने । भाटभटेनी साविकको मध्य तथा सुदूरपश्चिममा पहिलो पटक नेपालगञ्ज भित्रिएको हो । सन्चालन पूर्व प्रशिक्षित कर्मचारी बिभिन्न ठाउँमा गएर क्लव सदस्य बनाइरहेका छन् भने सुपरमार्केटमा आउनका लागि निम्तो दिइरहेका छन्  । पहिलो चरणमा पचास जना कर्मचारी काममा लगाइएको छ ।

भाटभटेनी सुपर मार्केट सन्चालन पछि सीमापारी जाने नेपाली उपभोक्ता रोकिने सम्भावना छ । सस्तोमै सामान पाइने भएपछि भाटभटेनीले उपभोक्ता रोक्ने उपेक्षा गरिएको छ । सीमावर्ती शहर भैरहवामा हालै मात्र भाटभटेनी सन्चालनमा आएको छ । उक्त शाखाले भारत जाने नेपाली उपभोक्ताको ध्यान खिचेको छ । व्यवस्थापक भट्टराइले सीमावर्ती भारतीयलाई समेत भाटभटेनीले तान्ने बताउँछन् ।

प्रकाशित मितिः     7:53:00 AM  |