समावेशी प्यानलका उम्मेदवार राँझा र मनिकापुरमा पुग्दा जे देखियो ( हेर्नुहोस् तस्विर)


नेपालगञ्ज २४ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले बिहिवार राँझा र मनिकापुरमा घरदैलो गरेको छ ।

घरदैलोका क्रममा समावेशी प्यानलका उम्मेदवारले राँझा र मनिकापुरका व्यवसायीका समस्याप्रति चासो प्रकट गर्दै समाधानको प्रतिवद्धता जनाए । उम्मेदवारहरुले सो क्षेत्रको उद्योगी तथा व्यवसायीक हितका लागि निजीक्षेत्रबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त प्यानलले उद्योगी, व्यवसायीका मुद्दाका बारेमा सुझाव संकलन गरेको छ ।

यसरी संकलन भएको सुझावलाई समावेशी प्यानलले आफ्नो घोषणापत्रमा समेट्ने तयारी गरेको हो । अध्यक्ष पदका उम्मेदवार चुन्नाले राँझा र मनिकापुरका मतदातानले मनदेखि नै स्वागत गर्दा आफुहरु उत्साहित भएको बताउनुभयो । ‘मनबाटै स्वागत गर्दै उहाँहरुले मतदान गर्ने प्रतिवद्धता गर्नुभएको छ ।’– चुन्नाले भन्नुभयो ।

उक्त प्यानलबाट अध्यक्षमा चुन्ना, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् । सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन्।

प्रकाशित मितिः     २४ पुष २०७६, बिहीबार १६:२३  |