मुनाफामा सोल्टी होटल नेपालगञ्ज


नेपालगञ्ज २५ पुस – नेपालगञ्जमा रहेको सोल्टी होटल चालु आर्थिक वर्षदेखि मुनाफामा जान थालेको छ । सञ्चालनको तीन वर्षपछि उक्त होटल मुनाफामा गए पछि शेयर धनी उत्साहित छन् ।

काठमाण्डौमा हालै सम्पन्न भएको साधारणसभामा शेयरधनीले अर्को वर्षदेखि उक्त होटलको मुनाफा पनि प्राप्त गर्ने जानकारी गराइएको छ ।

सोल्टीले तीनवर्ष अघि नेपालगञ्जमा पहिलो वातावरणमैत्री पाँचतारे होटल निर्माण गरेको थियो । अहिले क्यासिनो समेत सञ्चालनमा छ । गत वर्षबाट सञ्चालनमा आएपनि सुरुवाती अवस्थामा सञ्चालन मुनाफा नोक्सानमा थियो ।

उक्त होटलमा चालु वर्षदेखि मुनाफामा देखिन थालेको हुँदा सेयरधनीहरूले अर्को वर्षदेखि मुनाफा प्राप्त गर्न सक्ने छन् ।

सोल्टी होटल नेपालगञ्ज जिरो कार्बन फुटप्रिन्ट र वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको उक्त होटलमा फोहर व्यवस्थापन प्रविधिले फोहर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्ने प्रविधि जडान गरिएको छ ।

सोल्टीलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटलका रुपमा मानिएको छ ।

करीब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको उक्त होटल काठमाडौँस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो । रु एक अर्ब २५ करोडभन्दा बढी लगानी भइसकेको छ ।

बार, रेष्टुराँ, ब्याङ्क्वेटका साथै सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ र स्विमिङपुलको सुविधा छ ।

प्रकाशित मितिः     12:18:20 PM  |