शुरु भयो टाटा मोटर्स जनवरी फेस्ट


काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गरेको छ ।

उक्त कार्यक्रम यही जनवरी १० देखि जनवरी १२, २०२० अर्थात शुक्रबार देखि आइतबारसम्म थापाथलीस्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाइभ, नेक्सन, टियागो, टिगोर र एनअ।रजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै जुनसुकै ब्रान्डका गाडीहरु एक्सचेन्जमा १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा आई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कंम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मितिः     2:08:13 PM  |