अर्थतन्त्रमा बाँसको योगदान


राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गर्ने सन्दर्भमा अब बाँसको उपयोगितालाई नकार्नु भनेको कमिलाको उपयोगिता हुँदैन भन्नुजस्तै हो ।

पेशल आचार्य

नेपाली समाजमा एउटा भनाइ चल्तीमा छ— ‘बाँसको सबै थोक भलो, तर त्यसको हुँदैन ढिकी र हलो’ । ३० को दशकतिर एक जना कृषि वैज्ञानिक मित्रराष्ट्र चीन भ्रमणमा जाँदा त्यहाँ उनले बाँसको बहुउपयोगिता देखी तालिमपश्चात् देशमा आएर नेपालको भूप्राकृतिक अवस्थामा बाँसको उपयोगिताबारे आफू सम्बन्धित कार्यालयमार्फत सरकारलाई लिखित रूपमा प्रपोजल लेखेर बुझाउँदा उल्टै सरकारले उनलाई स्पष्टीकरण सोधेर हैरान बनाएको अनि उनले आफ्नो मत सुनुवाइ नै नभएपछि जागिर छोडेर आफ्नो लमजुङतिरको गाउँको घरमा बाँसखेती गरी बसेका थिए रे १ नेपालमा नयाँ सोच र कार्यक्रमलाई सरकारी तवरबाट प्रोत्साहनका बदलामा दुरुत्साहन दिने परम्परा निकै पुरानो र जब्बर हो । सरकारमा रहेका या सरकारी जागिरमा उपल्लो तहमा रहेका मानिसका विचारमा जे आउँछ त्यो हचुवाका भरमा योजनामा राख्ने र त्यसबाट राम्रो नतिजा नआउँदा आघौं–पराघौंदेखि त्यस्ता योजनाको शीर्षक नै नराख्ने पुरानो रोग नै हो ।

देश विकास हुनलाई सबैभन्दा पहिला नयाँ सोच हुनुपर्छ । नयाँ सोचले मात्र नवीन कार्यक्रमका भिजन र सपनाको उद्भव गर्छ । विकासका सवालमा एउटै र पारम्परिक तवरबाट विकास हुने भए विदेशमा नयाँ–नयाँ तरक्की र प्रविधिमा मानिसहरू भर पर्ने थिएनन् । नेपालको भूधरातलीय स्थितिअनुसार बाँसखेतीका बारे यस आलेखमा संक्षेपमा प्रकाश पार्ने जमर्को गरिएको छ । नेपालको हावापानी र भूबनोट र भूअवस्थितिअनुसार बाँस तातो, मध्यम र चिसो हावापानी भएको माटामा राम्ररी सप्रेको पाइन्छ । बीसौं प्रकारका बाँस र बाँसजन्य प्रजातिका वनस्पतिहरू देशैभरि अनि हिमाल, पहाड र तराई सबैतिर हुने वनस्पति हो । वैज्ञानिकहरूका अनुसार बाँस दिनको आधा फिटसम्म बढ्दछ । यसबाट कृषि कार्यमा लागेर जीवन बिताउनेहरूका लागि सबै प्रकारका घरायसी, गोरखधन्दा र कुटिर उद्योगका कच्चा पदार्थहरू ग्रहण गर्न सकिन्छ ।

खेती किसानीमा लागेका कृषकहरूका लागि त बाँसले ससाना घरगोठदेखि लिएर झुप्राहरूमा समेत खाँबा, बलो, झ्याल, ढोकाको काम समेत गर्छ । गाउँघरमा बाँसका झिक्रा र कर्चीलाई टाट फरिकमा प्रयोग पनि गर्ने गरिन्छ । यसका हरिया पातलाई गाईभैँसी र बाख्राका लागि घाँसका रूपमा प्रयोग गर्ने गरिन्छ । अझ गाईभैँसी ब्याएर अम्रो झर्न नसकेका बेलामा बाँसका घाँस लैना वस्तुभाउलाई पेटभरि खुवाउने हो भने प्राकृतिक रूपले नै अम्रो झर्ने गरेको अनुभव बूढापाकाहरू बताउँछन् ।

बाँसको मुनालाई तामा भनिन्छ । तामाको तरकारी जोसुकैको भान्सामा पनि सुस्वादु तरकारीका रूपमा लिन सकिन्छ । हालै गरिएको एक अनुसन्धानमा तामाको नियमित तरकारी खाने बालबालिकाको दिमाग तेज हुने कुरा बाहिर आएको छ । यसलाई ताजा र अमिल्याएर दुई प्रकारले खान सकिन्छ । हुँदाहुँदा यसको लोकप्रियता कति धेरै देखिएको छ भने यसले लोकजीवनको प्रतिनिधित्व गर्दै लोकगीतमा समेत आफूलाई स्थापित गराएको देखिन्छ । ‘तामा’ शब्द प्रयोग भएका गीत अझै पनि नयाँ पुराना पुस्ताका जिब्रामा झुन्डिने गरेका छन् । त्यसैगरी, बाँसका जरालाई इन्धनका रूपमा घर व्यवहारमा र ससाना कुटिर उद्योगमा पनि प्रयोग गर्न सकिन्छ । तराईतिर सुकेका बाँसका पातहरू कुम्हालेहरूले माटाका भाँडा निर्माण गर्ने ससाना कुटिर उद्योगमा भाँडालाई पोल्ने इन्धनका रूपमा प्रयोग गर्छन् ।

खोजी ल्याउँदा बाँस र मकैका कुनै पनि भाग खेर जाँदैनन्, तर यहाँ बाँसका बारेमा बताउने जमर्को गरिएकाले मकैका बारेमा त्यति बोलिएको छैन । बाँसले दिने अन्य सुविधा र सरल क्रान्तिमा मानिस औ पशुलाई मात्र सहयोग गर्ने हुँदैन । बाढीपहिरो जाने तथा निरन्तर चलायमान भूस्खलन हुने क्षेत्रमा बाँस रोप्नाले माटो संरक्षण हुने गर्छ । केही वर्षदेखि यसलाई ‘बेम्बो इन्जिनियरिङ’ का नामले सडक निर्माण क्षेत्रमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

अर्को सन्दर्भ, बाँस रोपणका लागि मानिसले खाली भएका जुनसुकै प्रकारका जग्गा समेत प्रयोग गर्न सक्छ । अझ भिरालो प्रकृतिको जग्गा, खोल्साखोल्सी, खेर गएका वा कुनै पनि बालीनाली नलाग्ने खालका जग्गा–जमिनलाई प्रयोग गर्न सकिन्छ । एक जना वन विशेषज्ञले भनेको कुरा यहाँ सगौरव राख्न चाहन्छु– ‘बाँस खान पनि मिल्ने, खेलाउन पनि मिल्ने, व्यवहारमा प्रयोग गर्न पनि मिल्ने र मर्दा संस्कार गर्न पनि मिल्ने वनस्पति हो । यसलाई जति धेरै जग्गाजमिनमा फैलाउन सकियो भने यसले उति मानिसलाई बहुविध प्रकारका लाभहरू त दिन्छ नै, मानिसको वन–जङ्गलप्रतिको आश्रित प्रतिशतलाई घटाउँछ ।’ मानिसको प्राथमिक र माध्यमिक आवश्यकता बाँसले नै पूरा गरिदिएपछि उसले ससाना कामका लागि महँगा प्रजातिका रूखहरू काट्ने र अनाहकमा नष्ट गर्ने आवश्यकता नै हुँदैन । त्यसैले वन संरक्षणमा कडा कानुन बनाएर मात्र लागू गर्न खोज्नु समस्याको समाधान होइन ।

नेपालजस्तो ‘भर्जिन’ पहाडमा बसेका विविध प्रकारका अप्ठ्यारा र पातला बस्तीका लागि माटो संरक्षण गर्ने एक मात्र अचुक उपाय विविध जाति र प्रजातिका बाँसबारे जनचेतना जगाई बाँसलाई सबै प्रकारले रोपण गरी हरायाली प्रवद्र्धनमा सहयोग लिनु हो । मुना, पात, हाँगा, झिक्रा र समग्र बाँसले नै एउटा मानिसलाई दिने अनेक प्रकारका फाइदा र उपभोगका सन्दर्भमा आमजनतामा रहेको अल्प ज्ञानलाई परिमार्जन गर्दै बाँस र बाँसजन्य वनस्पतिको सर्वत्र चेतना फैलाउन अब अपरिहार्य भइसक्यो ।

बाँस नेपालमा मात्र नभएर दक्षिण एसियाका सबै देशमा सर्वसुलभ रूपमा उपलब्ध रहेको देखिन्छ । पछिल्लो पटक नेपालमा यूएनडीपीको सहयोगमा सञ्चालनमा आएको र सर्वाधिक सफल रहेको देखिएको ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ ९ओभिओपी० ले पूर्वी तराई र मध्यतराईका केही जिल्लामा बाँस र बाँसजन्य कच्चा पदार्थबाट उत्पादित केही सामग्रीहरूलाई लिएर तराईका निम्न र अल्पसङ्ख्यक जनजातिको जीविकोपार्जनमा आर्थिक रूपले टेवा दिएको कुरा प्रकाशमा आएको थियो ।

बाँसबाट तराईका केही अनुसूची जातिहरूले पुख्र्यौली रूपमा डोको, नाङ्लो, डालो, ढकी, पङ्खा, खरेटो, गबुवा ९दुधेरो०, चुरा स्टेन्ड, भकारी, थुन्से, कुनियाँ ९छठ पर्वमा देवीलाई पूजा सामग्री चढाउन प्रयोग गरिने एकातर्फ खुला भएको नाङ्लोजस्तो साधन० र विभिन्न प्रकारका सजावटका सामग्रीका साथै लौरा पनि बनाउन प्रयोग गर्छन् । लौरा बनाउनका लागि तराईमा ‘कटबाँस’ जातको बाँस प्रयोगमा ल्याइन्छ । यो अन्य बाँसका तुलनामा केही मँहगो भने हुन्छ । केहीअघि खोटाङको दिक्तेलका एक जना युवा उद्यमीले लौरो उद्योगबाट राम्रो कमाइका साथै गाउँका बेरोजगार युवालाई रोजगारी दिएको समाचार अखबारमा पढियो, जुन कुराले इलमका लागि पउल सम्भावना गाउँमै छ भन्ने तथ्यलाई उजागर गरेको मात्र नभई सामान्य कामका लागि विदेश नै जानुपर्छ भन्ने सोचलाई गतिलो पारामा जवाफ दिएको थियो ।

झापा जिल्लातिर ‘माल बाँस’ नामको बाँसबाट भाटा निकाली सेन्टर बेरा प्रकृतिको घर बनाएर सिमेन्ट प्लास्टर र रङरोगन गरी हलुवा प्रकारका घरहरूको निर्माण गर्ने चलन नै चलेको पाइन्छ । हाम्रोजस्तो भूकम्पको जोखिम हुने देशमा त्यस्ता घरहरू बढी सुरक्षात्मक हुने र निर्माणका क्रममा सस्तो समेत पर्ने देखिएका छन् । न्यून आय हुने कृषकहरू र मध्यमवर्गीय मानिसहरू पनि आफ्नो घर, करेसा र कोठे बारीको घेराबारा गर्न र घर कम्पाउन्ड सुरक्षा गर्न निर्माणमा सस्तो पर्ने र वातावरणमैत्रीसमेत हुने हुनाले बाँसका ठोकुवा टाटी र सामान्य टाटफरिक नै प्रयोग गर्छन् । यसले कुनै प्रकारको रासायनिक हानि नोक्सानी गर्दैन । अर्कातिर सस्तो र टिकाउ हुन्छ । बाँसबाट बनाइएका टाटीहरू एकातिर वातावरण मैत्री हुने अर्कातिर टिकाउ पनि हुने हुँदा आर्थिक रूपमा गरिब मानिसहरू दिनप्रतिदिन यसप्रति भरपर्दै गएका देखिन्छन् ।

मध्यतराई वा पूर्वी तराईतिर धान र गहुँजस्ता बालीनाली पाकेपछि जङ्गली जन्तुबाट रुङ्न प्रयोग गरिने टौवा ९बाँसका घर० हुन् या सबै प्रकारका अन्न भुट्न प्रयोग गरिने कप्टेरा र दुना टपरी गाँस्नका लागि चाहिने सिन्का बाँसबाटै पाउन सकिन्छ । अगरबत्ती उद्योगमा समेत बाँसका ससाना झिँजाहरू प्रयोग गर्न सकिन्छ । नेपालमा जति नै बंगलादेशमा पनि बाँसबाट विभिन्न प्रकारका उद्योग सञ्चालनमा आएका देखिएका छन् । अझ बाँसको रोपणलाई सरकारी टेवा र सहकारी संस्थामार्फत लैजाने हो भने यो दिगो विकासको एउटा प्रमुख कारक बन्न सक्ने अवस्था छ ।

खेतीपातीमा विभिन्न प्रकारका बिमा गर्ने अवधारणालाई बाँस खेतीको समेत बिमा गर्ने परम्परा चलाइएमा कृषकहरू ढुक्क भएर आफ्ना केही प्रतिशत र संघसंस्थाका केही प्रतिशत हिस्सामा निर्भयका साथ यो खेतीलाई अघि लैजान सक्छन् भन्ने अनुसन्धानबाट आइसकेको तथ्य यहाँनेर राख्न चाहन्छु । बाँसले प्रत्यक्षतः कुनै पनि वनस्पतिलाई विस्थापित नगरी सहयोगी वनस्पतिका रूपमा बहुविध फाइदा दिन सक्ने क्षमता राख्छ । राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गर्ने सन्दर्भमा अब बाँसको उपयोगितालाई नकार्नु भनेको कमिलाको उपयोगिता हुँदैन भन्नुजस्तै हो । समग्र इकोसिस्टममा जसरी हात्ती र कमिलाको उस्तै–उस्तै उपयोगिता हुन सक्छ त्यसैगरी हरियाली कायम गर्न एउटा उच्च दरको कार्बन उत्पादन गर्ने साल, सल्लो वा सिसौजस्तो नभए पनि केही मात्रामा कार्बन उत्पादन गर्ने सामथ्र्य राख्ने बाँसले पनि देशमा कृषिक्रान्ति गरी हरियाली प्रवद्र्धन गर्न मद्दत पु(याउनेछ, किनकि यो सबै प्रकारका आर्थिक स्तर भएका जनताको पहुँचमा रहेको वनस्पति हो ।

यसरी बाँसका बारेमा नेपालमा पुनर्जागरणको थालनी गर्दै समग्र प्रदेश र राज्य स्तरमा समग्र जनचेतनाको अभियान फैलाएर ‘बाँसको सबै थोक भलो तर त्यसको हुँदैन ढिकी र हलो’ भन्ने नारालाई सफलीभूत पार्नु नितान्त आवश्यक भइसकेको छ । यो कुरा ससाना विकासका योजना तर्जुमा गर्ने गाउँस्तरका अभियन्तादेखि राष्ट्रिय योजना आयोगका प्रबुद्ध विज्ञहरूले समेत लिनुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ । जपानिजहरू भन्ने गर्छन्– ‘लिटिल थिङ्स वि डु ।’ अब नेपालीहरूले पनि ससाना कुरालाई जीवनसँग जोडेर हेर्ने बेला आइसक्यो । राजनीतिक क्रान्तिको युगले कोल्टे फेरेर अब आर्थिक क्रान्तिका विविधपाटा र सवालमा देशअघि जान खोजिरहेका बेला सम्बन्धित क्षेत्रका निर्णायकहरूले यस बारे बेलैमा आँखा खोल्नुपर्ने बेला भइसकेको छ ।

कारोवारबाट

प्रकाशित मितिः     2:16:11 PM  |