नेपालगञ्ज २५ पुस – सरकारले खयरको कत्था निर्यातमा नयाँ व्यवस्था लागू गरेको छ । खयरबाट उत्पादन हुने कत्था, कचलाई बिस्कुट बनाएर मात्र निर्यात गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै झोल, बिस्कुट र कच समेतलाई विदेश निकासी गर्न पाउने व्यवस्था गरेको छ ।
नेपालगञ्ज भञ्सारबाट निर्यात हुने प्रमुख बस्तुका रुपमा रहेको छ । यहाँबाट वार्षिकरुपमा लाखौ मुल्यको खयरको कत्था विदेश निकासी हुन्छ । खयर अभावका कारण कत्था उत्पादन भने घट्दै गएको उद्योगीहरूले बताएका छन् ।
बाँकेमा वागेश्वरी कत्था उद्योग, बालाजी कत्था उद्योग, गणपति कत्था एण्ड अलाइड उद्योग र शिवशक्ति कत्था उद्योग छन् । उनीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघबाट उत्पतीको प्रमाणपत्र लिएर आफ्नो सामान निकासी गर्छन् । कुनै पनि वस्तु विदेश निकासी गर्नुपूर्व अनिवार्य रूपमा उत्पत्ति प्रमाणपत्र लिनुपर्छ ।
कत्था उद्योगका लागि आवश्यक खयरको अभाव भएपछि उद्योगहरू समस्यामा परेका छन् । पान, पान मसला तथा गुट्खामा कत्थाको प्रयोग गरिन्छ । नेपालबाट झोलको रूपमा पनि कत्था निर्यात हुने गरेको छ ।
सामुदायिक वन तथा राष्ट्रिय वनले आफ्नो योजनाअनुसार वार्षिक निश्चित परिमाणमा खयर कटान गराउने गरेकाले उद्योगले पर्याप्त कत्था पाउन सकेका छैनन् ।
सरकारको नयाँ व्यवस्थाप्रति उद्योगीहरुले मिश्रित प्रतिक्रिया दिउका छन् । एकजना उद्योगीले नयाँ व्यवस्थाले ठुलो लगानी गरेर सन्चालनमा भएका उद्योगलाई मारमा पार्न सक्ने बताउँछन् । बिस्कुट बनाउने उद्योगमा धेरै लगानी लाग्छ ।