गुरुयोजना अनुसार धमाधम ‘रनवे’ विस्तारको काम


नेपालगन्ज २७ पुस – गुरुयोजना अनुसार नेपालगन्ज विमानस्थलको निर्माण कार्य तिव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान सुरु भएको ४ दशक पछि गुरुयोजना अन्र्तगत सुधारको काम भइरहेको हो ।

२०१७ सालमा खजुरामा स्थापना गरिएको विमानस्थललाई ०३० सालमा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगन्ज विमास्थलमा सेवा सुरू भएको हो ।

तराईको पूरानो र व्यवस्थित नेपालगन्ज विमानस्थलले अन्तर्रा्ष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ । त्यसका लागि अहिलेबाटै काम भने सुरु भइसकेको छ । यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेम नाथ ठाकुरले बताए ।

राँझा ‘एयरपोर्ट’ : के–के फेरिँदैछ, कुन चरणमा के काम हुँदै छ ? हेर्नुहोस् बिस्तृत

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपालगन्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगन्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारलाई लागि सन् २०४० सम्म कुर्नु पर्नेछ । त्यत्तिबेलासम्म अहिलेको विमानस्थलको आकार झन्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् ।

ठूला जेट विमान उडान सक्ने महत्वकाँक्षी योजना छ । गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ । लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक १२ अर्ब ५० करोड रूपैयाँ लागत लाग्ने अनुमान रहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् ।

गुरुयोजना अनुसार काम भए नभएकोका बारेमा प्रतिनिधिसभा सांसद एवं नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज अथकले निरीक्षण गरेका छन् । उनले योजना अनुसार काम भइरहेको बताउँदै विमानस्थललाई सुधारको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए ।

सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झन्डै दुई अर्बको बजेट छ । यो चरणको काम सुरु भइसकेको छ । सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रो चरणका लागि सबैभन्दा बढी बजेट साढे ६ अर्बको बजेट छ ।

त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा २ अर्बको बजेट छ । चौथो चरणमा पौने २ अर्बमा लागतमा सम्पन्न गर्ने लक्ष्य छ । यस २० वर्षमा विमानस्थलमा हाल एक सय ६६ विगाह क्षेत्रफल रहेकोमा पूर्व र उत्तरतर्फ जग्गा अधिग्रहण गरेर दुई सय ८८ विगाह विस्तार गर्ने लक्ष्य रहेको छ ।

‘अनावश्यक’ मुआव्जा बिवाद झिके विमानस्थल स्तोरन्नतीको काम रोक्ने चेतावनी

यसका लागि डुडुवा नालालाई तीन सय मिटर टाढा सार्ने योजना छ । यसरी विस्तार गर्न हाल एक सय मिटर मात्र रहेको विमानस्थलको रनवे एक सय ६५ मिटरको बनाइनेछ । विमानस्थलको पार्किङ, टर्मिनल भवनसमेत विस्तार हुनेछ ।

हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा ९ वटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिनेछ ।

नेपालगन्जकोे सबैभन्दा धेरै उडान काठमाडौं हुन्छ । नेपाल एयरलाइन्स, बुद्ध, यतिलगायतका विमानहरुले उडान भरिरहेका छन् । प्राधिकरणका अनुसार अहिले दैैनिक एक हजार पाँच सय जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुमलगायतका जिल्लामा उडान भर्दै आएको छ ।

२० वर्षभित्र राँझाबाट जेट विमान उडाउने गरी काम शुरु, ‘बजेटमा कमी हुन्न’–पर्यटनमन्त्री

प्रकाशित मितिः     २७ पुष २०७६, आईतवार ०७:३८  |