चिसोमा राउटेले पाए नेपालगन्जबाट न्यानो कपडा र खाद्यन


सुर्खेत – नेपालगन्जका युवा सतिश निरौलाको अगुवाईमा शुरु भएको राउटे सहयोग अभियान नेपालगन्जले सहयोग बाट उठेको रकमबाट आदिवासी राउटे समुदायलाई न्यानो कपडा तथा खाद्य सामाग्री बितरण गरि फर्किएको अभियान का सदस्य सतिश निरौलाले बताएका छन् ।

दैलेखको गुराँसेबाट सुर्खेतको कान्छिबजार नजिकै को राउटे गल्छिमा बसाइँ सरेका सो समुदायलाई आदिवासी राउटे, लोपोन्मुख , सीमान्तकृत बर्ग उत्थान प्रतिस्ठानकी अध्यक्ष सत्यदेबी खड्काको बिशेष उपस्तिथिमा सहयोग बितरण गरिएको निरौलाले जानकारी दिनुभएको छ ।

उनीहरुको लागि ६० थान स्विटर , ३० थान ट्राउजर, ७० थान टोपी , ४० थान बाक्लो हाइनेक, बच्चा का बाक्लो कपडा १४ थान, १५ जोडी मोजा का साथै केही थान भोटोहरु बितरण गरिएको जनाइएकोछ। सहयोग अभियान ले यसको साथै १६ बोरा चामल, ५५ पाकेट चिउरा र ४० केजि भेली समेत बाडिएको अभियानमा सक्रिय नेपालगन्ज साइक्लिङ्ग क्लबका बरिस्ठ उपाध्यक्ष लवराज श्रेष्ठले बताएका छन्।

सहयोग बितरणमा देशभरबाट ५० जना सहयोगी मार्फत रु७६,११५र( रुपैयाँ उठेको अभियन्ता सतिश निरौलाले जनाउनु भएको छ। सहयोग बितरणका लागी नेपालगन्जबाट निरौला , रमेशकुमार मल्ल र लबराज श्रेष्ठ को टिम राउटेबस्ती पुगेको थियो, सहयोग अभियानका नेतृत्व कर्ता  निरौलाले सम्पुर्ण तवरबाट यो अभियान मा जोडिने र खटिनुहुनेप्रती धन्यवाद ब्यक्त गरे ।

अभियानमा प्राप्त सहयोग को विवरण यसप्रकार रहेको छ:

1. रबिन्द्र स्वार रु 5000/- 2. प्रदिप सापकोटा – 1000/- 3. कमला सिह रु 1000/- 4. टासी दोर्जे – रु 1500/- 5. भरत बिक्रम शाह – रु 1000/- 6. कमल बढु रु 1000/- 7. शिव सापकोटा रु 1000/- 8. चन्द्र श्रेष्ठ रु 1000/- 9.दिपु केसि 1500/- 10. बाबुराम रामदाम रु 500/- 11. पन्कज सोनि 1500/- 12. प्रेमसागर पौडेल – १००००/- 13. सतिश निरौला -१०००/- 14. रमेशकुमार मल्ल रु. १०००/- 15@. शालिक सुवेदी १५००/- 16. बुद्धि अधिकारी १५००/ 17. रेशम के सि १०००/- 18. तेजु रानाभा २०००/- 19. रमेश खतिवडा २०००/- 20. अभिनास टेक बस्नेत १०००/- 21. लबराज श्रेष्ठ ११५५/- 22. मुकुन्द राज श्रेष्ठ ५००/- 23. बिजेन्द्र सिह ठकुरी ५००/- 24. रामदिन मोदि रु १०००/- 25. अरुण अधिकारी रु ५००/- 26. चन्द्रदिप जोशी रु १०००/- 27. सुजित बर्नवाल १०००/- 28. सुनिल सिघल २०००/- 29. अमरजित सिह १०००/- 30. सुरजित सोनि ५००/- 31. प्रेम केसि १०००/- 32. किरण शाह १५००/- 33. खजुराबाट ( नाम उल्लेख नगर्ने गरि)१५००/- 34. उत्सव सिजाली रु १०००/- 35. हरिलाल न्योपाने 2100/-=53755/- 36. हेटौंडा ( नाम उल्लेख नगर्ने गरि)- 10000/- 37. गणेश थापा१०००/- 38. हेमन्त रेग्मी १५००/- 39. बामदेव न्यौपाने २५००/- 40.धर्मराज आचार्य ५५५/- 41.प्रकाश खड्का १५००/- 42.कर्ण बस्नेत १०००/- 43. … बिस्ट २००/- 44.डिबि तामाङ १०००/- 45.सुरेन्द्र बोहरा ११०५/- 46. आशिष चौधरी १०००/- 47. कुमार गिरि ११००/- 48. राज ब रोकाय १०००/- 49. पोखरा ( नाम उल्लेख नगर्नेगरी) १०००/- – 50. पीयूष कुमार बैश्य ५००/-

 

प्रकाशित मितिः     २९ पुष २०७६, मंगलवार १०:१९  |