‘कसैको आँखामा नबिझाउने’ चुन्ना,व्यवसाय मात्र होइन समाजकै अनुकरणीय व्यक्ति


नेपालगन्ज – उद्योग, व्यवसाय क्षेत्रमा मात्र होइन नेपालगन्जको विविधतायुक्त समाजका अनुकरणीय व्यक्ति हुन, अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ ।

हाम्रो राष्ट्रिय गानमा भनेझै ‘संयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली’ को मर्मलाई आत्मसाथ गर्ने ठुलो सोंच भएका चुन्ना यतिबेला तीन हजार बढि मतदाता रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनमा समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार छन् ।

जिल्ला उद्योग वाणिज्य संघका रुपमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेपछि व्यवसायीक हकहित र समग्र जिल्लाको आर्थिक विकासका मुद्दामा डटेर लड्ने योजना बुनिरहेका चुन्ना कसैको आँखामा नबिझाउने प्रिय पात्र पनि हुन ।

सार्वजनिक जिवन होस् चाहे संघको राजनीति गर्दा हा्ेस् उनलाई खराव भन्ने कोही निस्किएका छैनन् । उनी बिशुद्द व्यवसायी हुन । व्यवसायीक र सामाजिक क्षेत्रको सेवा बाहेक अरु जान्दैनन् ।

व्यवसायी पिरमर्का र त्यसको समाधानका उपाय उनलाई राम्रोसंग थाहा छ । बोलेर होइन काम गरेर देखाउने चुन्नाको क्षमता व्यवसायीक क्षेत्रमा उदाहरणीय छ ।

दशैंमा निधारमा रातो टिका, कानमा जमरा र तिहारमा भाईटिका लगाउँछन् । यो देखाउँन र चर्चा कमाउनका लागि उनले गरेका भने होइनन् । चुन्नाले नेपालगन्जको विविधतायुक्त समाजलाई भित्री मनबाटै सम्मान प्रकट गरेका हुन ।

वर्षौदेखि दशैं र तिहार टिका लगाउँदै आए पनि उनले कहिल्यै त्यस्ता तस्विरहरु सार्वजनिक गरेनन् । सामाजिक सन्जालको बढ्दो प्रयोग पछि मात्र अरुले नै उनकोे तस्विरहरु सार्वजनिक गरे ।

त्यसपछि देश/बिदेशमा चुन्नाको अनुकरणीय व्यक्तित्वको छवि उजागर भयो । सबैले वाहीवाही गरे ।

नेपालगन्जको उद्योग व्यवसाय अहिले धरमरको अवस्थामा छ ।

यहाँका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको छ भने अर्कोतर्फ सरकारले ल्याएका नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् ।

यस्तो परिस्थितीमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीले संघमा बलियो नेतृत्व खोजिरहेका छन् ।

\चुन्ना जथाभावी नबोल्ने व्यवसायीका नेता हुन । तर उपयुक्त कुरा जुनसुकै ठाउँमा दमदार तरिकाले बोल्ने सार्मथ्य उनले राख्छन्, निडर र निसंकोच मानेर । (चुन्ना)संघको कार्यसमितिमा चार कार्यकाल रही दुई कार्यकाल उपाध्यक्षको समेत अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान , जुझारु युवा व्यवसायी हुन ।

चुन्ना बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय भएका सफल व्यवसायी समेत हुन ।

प्रकाशित मितिः     ३ माघ २०७६, शुक्रबार ०८:२६  |