नेपालगन्ज – नेपालगन्जमा एक करोड लागतमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रिवितरण सुरु गरेकोछ ।
बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको शुक्रबार एक कार्यक्रमका बिच भब्य उद्घाटन भएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।
अध्यक्षय बैश्यले उद्योग वाणिज्य संघको चुनावी सरगर्मी चलिरहेको बेला ब्यापार ब्यवसायमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यका साथ खोलिएको सद्भाव कलर हाउसको सफलताको शुभकामना दिए ।
उनले भने–मेरो कार्यकाल सकिन लाग्दा नेपालगन्जमा ब्यापारको संख्या थपिएकोछ । नेपालगन्जमा रहेर उद्योग ब्यापार सञ्चालन गर्न सहज वातावरण रहेको यसले पनि प्रष्ट पार्छ, अध्यक्ष बैश्यले अगाडी थपे –सद्भाव कलर हाउसलाई नेपालगन्ज उद्योग बाणिज्य संघको साथ छ, मैले गर्नुपर्ने भूमिका निर्वाह गर्छु उनले आफ्नो प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेको संघका अध्यक्ष बैश्यले भने मेरो नयाँ घर निर्माणको कार्य चलिरहेकोछ, म आफ्नो घरमा बर्जरकै पेन्ट खरिद गर्छु उनले औपचारिक कार्यक्रममा आफ्नो प्रतिबद्धता ब्यक्त गरे ।
नेपालगन्ज उपमहानगरपालिका कारकाँदो चोकमा रहेको सद्भाव कलर हाउसको उद्घाटनमा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका प्रत्यासी अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार तथा समाबेसी उद्योगी व्यवसायी समुहका प्रत्यासी अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना लगायतको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्यसंघको निर्वाचनकै दौरान सद्भाव कलर हाउसको औपचारिक उद्घाटन गरिएकोमा उनीहरुले खुसी ब्यक्त गर्दै ब्यापारको सफलताको शुभकामना समेत दिएका थिए ।
बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसले बाँके सहित बर्दिया, सुर्खेत, दाङ्ग लगायतको क्षेत्रमा विक्रिवितरण गर्ने सद्भाव कलर हाउसका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । प्रबन्ध निर्देशक बिष्णु ओलीका अनुसार एक करोड लागतमा सद्भाव कलर हाउस सञ्चालनमा आएको हो ।