नेपालगन्ज-माघको दोस्रो साताबाट नेपालगन्जमा हुन लागेको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा नेपालगन्ज मेडिकल कलेज हेल्थ पाटनर्रको रुपमा जोडिएको छ । प्रतियोगिताका संयोजक तरुण वज्रचार्य र कलेजका सहायक प्रवन्धक नितेस कुमार कनौडिया विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यो सगै प्रतियोगिताको लागि आवश्यक प्राथमिक उपचार खर्च कलेजले ब्यर्होने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिनुभयो । द गुप्र अफ सिक्टिन क्लवको आयोजना हुन लागेको प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिको अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका हो । प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्ल्बका अध्यक्ष विष्णु अर्यालले बताउनुभयो ।
प्रतियोगिता लाई भव्य रुपमा सम्पन गर्नको लागि कुनै कसुर बांकी नराख्ने अध्यक्ष अर्यालले जानकारी दिनुभयो । प्रतियोगितामा एजुकेशन पटनर्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ,वैकिङ पाटनर्रमा साईन रेसुङगा डेभलपमेन्ट जोडिसकेका छन् ।
शनिवार मुख्य प्रयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितालाई बांके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।